Posted by: dyamn June 25, 2010
ANA को निम्ति भालुहरुको पनि बूकिंग सुरु
Login in to Rate this Post:     0       ?        

नेपालगन्ज,
अषाढ ११ - एक्लो छोरा बिरामी परेपछि दैलेख नाउलेकटवाल गाउँकी तुलसा बिकलाई
न भोक छ, न प्यास । भानेश्वर उच्च माविमा नौ कक्षामा अध्ययनरत उनका १७
बर्षे छोरा महेशका दुबै मिर्गौलामा खराबी देखियो ।  चिकित्सकले मिर्गौला
प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।



मिर्गौला प्रत्यारोपणका लागि ७ लाख लाग्छ । तर, दैनिक ज्याला-मजदूरी गरेर
परिवार पाल्ने यो विपन्न दलित परिवारले त्यो जुटाउन मुस्किल छ । सिकिस्त
छोरालाई पाटन अस्पतालमा छाडेर तुलसा सहयोग माग्दै नेपालगन्जमा आइपुगेकी
छन् ।



काठमाडौमै रहँदा उनले स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्री माधवकुमार
नेपालसम्मलाई भेटिन् । दुबैले ५०-५० हजार रुपैंयाँ सहयोग दिलाए । विभिन्न
संघ-संस्था, जिल्ला विकास समिति, महानगरपालिका डुलेर तुलसाले दुई लाख
जुटाएकी छन् । 'छोरालाई बचाउन अझै पाँच लाख जुटाउनु छ'-सहयोगका लागि पहल
गरिदिन आग्रह गर्दै बिहीवार दिउँसो नेपालगन्जस्थित कान्तिपुर कार्यालय
आइपुगेकी उनले भनिन्-'चिने जानेको कोही छैन । सहारा नपाएपछि पत्रकार
खोज्दैआएको छु ।'



छोराको उपचारका लागि तुलसा चार महिनाअघि ८० हजारमा पाखोबारी बेचेर
काठमाडौं गएकी हुन् । पाटन अस्पताल र केही संघ-संस्थाले उपचारमा सघाए पनि
मिर्गौला प्रत्यारोपण गर्न भने कतैबाट सहयोग जुटेको छैन । 'बालुवाटार
गेटमा प्रधानमन्त्रीलाई कुरेर बसें । गाडी रोकेर आफ्नो दुःख भने तर, उनले
उपचार गर्न नपुग्ने सहयोग गरे'-उनले भनिन् ।   दैलेखका सभासद् राजबहादुर
बुढा र स्थानीय विकास राज्यमन्त्री गणेश खड्कालाई भेट्न उनी क्वार्टरहरुमा
धाइन् । तर, भेट भएन ।


कटुवाल गाउँमा दुई हल लाग्ने पाखोबारी छ । त्यसको उब्जनीले चार महिना पनि
खान नपुग्ने उनले बताइन् । पति लक्ष्मीबहादुर भारतमा रोजगारी गर्न जान्थे
। चार बर्षअघि रुखबाट खसेर ढाड र खुट्टा भाँचिएपछि उनी थला परेका छन् ।
उनी हिड्डुल गर्नसमेत सक्दैनन् । अपाङ पति, तीन छोरी र बिरामी छोराको
जिम्मेवारी ३६ वर्षिया तुलसाको काँधमा छ । कान्तिपुर कार्यालयबाट
बाहिरिदैगर्दा उनले भनिन्-'सबैले अलि-अलि सहयोग गरिदिए मेरो छोरा
बाँच्थ्यो ।'
Read Full Discussion Thread for this article