Posted by: newlynew May 20, 2010
Sounds like Gang Rape!!!
Login in to Rate this Post:     0       ?        

Sounds so much like gang rape of the nation...


http://www.ekantipur.com/np/2067/2/6/full-news/311832/


अव पालो काँग्रेसको : देउवा




लेखनाथ, जेष्ठ ६ - काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको बताएका छन् ।

संविधानसभाको निर्वाचनपछि सरकारको नेतृत्व माओवादी र एमालेले गरिसकेकोभन्दै उनले नयाँ बन्ने सरकारको नेतृत्वमा काँग्रेसले दावी गर्ने स्पष्ट पारेका हुन् ।

पोखरामा शुक्रवार हुने एक कार्यक्रममा सहभागी हुन आएका नेता देउवाले बिहीबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग सँक्षिप्त कुराकानी गर्दै संविधान सभाको म्याद थप्नका लागि माओवादी सहमत हुने विश्वास व्यक्त गरे ।

सरकार र अन्य दलले संविधानसभाको म्याद थप्नुपर्ने प्रस्ताव गरिरहेको भन्दै उनले  माओवादीको आफ्नै एजेण्डाबाट आएको संविधानसभाको म्याद थप्नका लागि सहमत हुने उनको विश्वास थियो ।

देउवाले कब्जा गरिएका घर जग्गा फिर्ता, लडाकू समायोजन र वाईसिएल विघटन गरी नागरिक पार्टी रुपान्तरण हुन पनि माओवादीलाई आग्रह गरे । रासस 

Last edited: 20-May-10 11:53 AM
Read Full Discussion Thread for this article