Posted by: बैरागिकाइलो April 9, 2010
आमाले अमेरिकाको छोराको अफिसमा के देख्नु भयो त?
Login in to Rate this Post:     0       ?        
कुन उद्देस्यले देश छोडेको हो, त्यस कुरालाई नजर अन्दाज गर्नु हुँदैन। अझै पनि हाम्रो देशमा सरकारी र कुर्सी मा बस्ने काम लाई मात्रै काम र बाँकी कामलाई ज्यालादारी ठानिन्छ। त्यो कुरा को ज्ञान अमेरिका छिरे पछी मात्रै जानकारी हुन्छ, नेपालमा हुँदा त विसा पाउन पाए डलर मुला त टाटा टिपे झै टिपिन्छ अनी त हरिया नोटले फ्याउरिनै लगाउला भनी मुलुक छोडि कि त चपरामुनिको बास कित सिन्हासनमा राज भनी हिंडेको .

कुरा पर्‍यो अर्कै , सोचेको अमेरिका र भोग्ने अमेरिका अर्कै रहेछ , काम के गर्छस बनी सोद्धा के जबाफ दिने , कसैले लेखेको थियो , नखाउ दिन भरिको शिकार , खाउ कान्छा बाउको अनुहार,

कसरी सम्झाउ काम कामै हो , स्कुल जाउन जेल फिस तिर्ने मेलो हो , के ग्यास स्टेसन के होटेल के कार्यालय , सबै काम । हाम्रो समाजमा अझै पनि कती कमायो र कुन जागिर खान्छ को धारणा गएको छैन , हो यि नै कारणले मैले पनि के काम गरे र गर्दै छु कसैलाई थाहा दिएको छुईन,
हुन सक्छ , आदी इत्यादी कारणले यो बाबुरा पनि गुमनाम भएर बसेका होलान वा कही यो ठुलो कोलाहलमा गुमराह नै भएकी , कि त आँफैलाई चिन्न छोडे अनी आमा बाउको के कुरा ? जे पनि हुन सक्छ?

यो अथाह सामुन्द्रिक भुमरिमा कही गुमराह भएका होलान , कित हरियो पत्ता पाए पछी पूर्व बाट सुर्य उदाए झै उदाउने हुन्की ? आसा गरौ ति आमाको आसु पुछिने छन , अबसै मिलन हुनेछ ? 
Read Full Discussion Thread for this article