Posted by: _ February 5, 2010
IAAS - Rampur Campus
Login in to Rate this Post:     0       ?        

कृषि क्याम्पस अनिश्चितकालका लागि
बन्द

http://www.ekantipur.com/np/news/news-detail.php?news_id=306390



प्रेमकुमारी घले, लमजुङ, माघ २२ -


कांग्रेस
को नेविसंघ र माओबादीको अखिल क्रान्तिकारीबीच भएको विवादका
कारण लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसमा तोड्फोड् भएको छ ।


नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर दोहोरो झडप हुँदा क्याम्पसको
कार्यालय, छात्राबास र अन्य संरचनाहरु पूर्ण रुपमा क्षति भएको क्याम्पस
प्रमुख यामबहादुर गुरुङले बताए । क्षतिको विषयमा प्रहरीले मुचुल्का
उठाउँदै गरेकाले यकिन विवरण भने आउन सकेको छैन ।


क्याम्पसमा तनावको स्थित बढेपछि विहिबार रातिदेखि नै जिल्ला बाहिराका
विद्यार्थीहरुलाई प्रहरीले स्कटिङ गरि घर पठाउने व्यवस्था मिलाएको छ ।
विद्यार्थीको विवादलाई लिएर बाहिराबाट दलका भातृ संगठनका कार्यकर्ताहरु
भित्र पसी घटनालाई उत्तेजित बनाएको भन्दै स्थानियबासीले क्याम्पस गेटमा
ताला समेत लगाएका छन् । घटनाका कारण क्यापसको पठनपाठन अनिश्चितकालका लागि
बन्द गरिएको छ । तनावको स्थिति कम नभएसम्म क्याम्पस संचालन नहुने
प्रशासनले जनाएको छ ।


यसैबीच घटनालाई थप अघि बढ्न नदिन शुक्रबार दिनभर जिल्ला प्रशासन
कार्यालयमा बसेको सर्वदलिय बैठकमा राजनीतिक दलका नेताहरु सहमत भएका छन् ।
बैठकले क्याम्पसमा भएको तोडफोडको यथार्थ जानकारी प्रशासनलाई बुझाउने र
सहयोगका लागि केन्द्रमा पहल गर्ने तथा घाइते विद्यार्थीको उपचार खर्च
क्याम्पसले व्यहोर्ने र घटनालाई थप उत्येजित नगर्ने दुई बुद्धे सहमति भएको
प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिए ।


बैठकमा माओबादीका इन्र्चाज देवेन्द्र पराजुली र सचिब मोहोनहरि पौडेल,
कांग्रेसका पूर्व संसाद रामबहादुर गुरुङ, सभापति तुल्सीनारायण श्रेष्ठ र
निर्वतमान सभापति कृष्णप्रसाद कोइराला, एमालेका जिल्ला उपाध्यक्ष गुमानसिह
आर्याल, प्रमुख जिल्ला अधिकारी, क्याम्पस प्रमुख लागतयको सहभागिता रहेको
थियो ।


बिहीबार क्याम्पसमा आएका दुई जना नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर
नेविसंघ र क्रान्तिकारी विद्यार्थीबीच विवाद हुदा एकले अर्कामाथि पटक पटक
आक्रमण गर्दा दुवैतर्फका गरि करिब एक दर्जन घाइते भएका छन् । दुवै संगठनले
शुक्रबार छुटाछुटै प्रेस विज्ञप्ती जारि गर्दै एकले अर्कालाई दोषी
ठहर्‍याएको छ ।


पाँच दिन अघि मात्र उक्त क्याम्पसमा नवआगन्तुक विद्यार्थीकै विषयलाई लिएर
क्रान्तिकारी र अनेरास्ववियूबीच विवाद भएको थियो । सो क्रमममा
अनेरास्ववियूका केही विद्यार्थी कुटपिटबाट घाइते तथा अपहरण भएको थियो भने
दलका नेताहरुबीच अबका दिनमा यस्तो घटना नदोहोर्‍याउने सहमति समेत भएको
थियो ।


नयाँ विद्यार्थीलाई आफ्नो पकटमा पार्ने क्रममा उक्त क्याम्पसमा विगतदेखि
नै पटक पटक विद्यार्थी संगठनहरुबीच यस्ता आक्रमणका घटनाहरु हुँदै आएपछि एक
महिनाअघि मात्र राजनीतिक दलहरुबीच कुनै पनि राजनितिक हस्तक्षेप क्याम्पस
भित्र नगर्ने लिखित सहमति समेत भएको
थियो
Read Full Discussion Thread for this article