Posted by: Rodiohead January 8, 2010
नेवार साथीले अमेरिकामा हर्सोल्लास मनाएको द्रिश्य
Login in to Rate this Post:     3       ?         Liked by

काठमाडौं उपत्यकालाई २, ४ सय ज्यापुहरु मिलेर नेवा राज्य घोषणा गरेछन अघिल्लो दिन। त्यस्को ३ दिन जती पछी मलाई एउटा नेवार साथीले परिवार शाहीत खान बोलएको थियो,,,, गएको थिए १ बोटल ब्ल्याक लेबल बोकेर। उस्को त्यो दिन छुट्टी रहेछ ५ महिन पछी त्यही १ दिन। अनी हामी केटा केटा चै रक्सी र भुटेको पाङ्रा खाँदै थियौ। उस्को फोन आयो खै कता बाट, अनी उस्ले थाहा पायो त्यो नेवा राज्य घोषणाको समाचार।


साथी त फोनमा समाचार सुन्ने बित्तिकै फोन फ्यात्तै भुइमा छोडेर बुरुक्क बुरुक्क उफ्रियो के रे। के भो ए भनेर सोधेको त "हाम्रो डेश भयो नि ट्यो काठमाडौं आ" पो भन्छ यार। म त अक्क न बक्क परे यार। उस्कैमा खान बोलाएको छ फेरी उस्लाई नै लात हान्न पनि नमिल्ने। कन्सेरी तातेर आयो।
अनी त्यही पनि ल बधाई छ है भने, "ठान्कु ठान्कु" भन्यो। अब नेपाल जाने होला नि त, कती यो रात दिन ग्यास स्टेसन धाउछौ भनी सोधेको त के भन्छ भने "का अजै १ बर्ष जती लाग्छ हरियो पत्ता आउन", पो भन्छ यार।  शरनार्थी भएर भरेको। फेरी सोधे, अब त तिम्रो देश भयो नि हाउ काठमाडौं जानु पर्‍यो नि, भनेको त , को जान्छ हो त्यो "मुडी" काठमाडौं न काम छ न काज, पो भन्छ यार।
लास्टमा यस्तो रिस उथ्यो कि मेरो पालो जुरुक्क उठेर "के गुलो गर्न खुशी भएर उफ्रेको त अगी" भन्दिए।


सम्झी सम्झी एक्लै हाँस्दा हाँस्दा अब चै भएन अरुलाई पनि भन्नु पर्‍यो भन्ने लागेर यहाँ लेख्दिएको है ।

मैले कुनै नेवारहरुको चरित्र हत्या गर्न खोज्या हैन नि फेरी,,,बडी जान्ने बाठाहरु साबधान।


 


 

Last edited: 08-Jan-10 12:12 PM
Read Full Discussion Thread for this article