Posted by: शास्वत December 18, 2009
के कुरा भो र ?
Login in to Rate this Post:     0       ?        

         के कुरा भो र ?  


हवाको झोंकासरि परिवर्तनशिल
मनको के कुरा भो र ?
पानीको फोकासरि फुट्ने
सपनाहरुको के आशा भो र ?

आगोको लप्काबनि जलेको
हृदयमा के बाँकी भो र ?
मुनाको मदनबनि हिंडेपछी
मिलनको के कहानी भो र ?

सातजुनी जिउने प्रणहरुको
अब के अर्थ भो र ?
मायालाई लिलाम गरी हिंड्ने
निर्मोहीको के सम्झना भो र ?

Read Full Discussion Thread for this article