Posted by: Gautam B. September 10, 2009
एउटा प्रेमकथा
Login in to Rate this Post:     0       ?        
हौसलाका लागि धन्यबाद नेपे दाइ!

यो कथा मैले मेरो ब्लगमा पनि टाँसेको छु। मध्यभागमा बिन्देले लिएको निर्णयलाई धेरैले अस्वाभाविक र अबिश्वशनीय भनेका छन्। त्यो ठिकै पनि हो किनभने यस्ता प्रेमकथाहरु विरलै हुन्छन्, हामीले देख्दैनौं। यो कथा मैले सुनेको, म भन्दा अघिल्लो पुस्तामा घटेको यस्तै घटनामा आधारित छ। यथार्थ जीवनको त्यो जोडीको पहिला भेट कति पटक भयो त्यो चाहिँ थाहा भएन तर बाँकी घटनाहरु लगभग सबै मैले सुनेकै हुन्।

कथा लेख्दा मध्यभागलाई 'शंकारहित' बनाउने लोभ नजागेको पनि होईन ममा; जस्तो कि यामे र बिन्देलाई अरु केहि पटक भेट गराईदिने आदि। तर धेरै पटक भेट हुँदैमा प्रेम गहन हुन्छ भन्ने पनि निश्चित छैन। धेरै पटकको भेटमा कथाले लिनसक्ने मोडहरु पनि धेरै निक्लिन सक्छन्। त्यसैकारण यो कथालाई अलिकति अविश्वशनीयनै सही, एउटा गहन प्रेम कथाकै रुपमा टुंग्याएँ। हामीले नदेखेपनि, नसुनेपनि, यो विशाल दुनियाँमा यस्ता धेरै प्रेमकथाहरु बुनिईरहेका होलान्।
Read Full Discussion Thread for this article