Posted by: Rahuldai August 19, 2009
Indian Protocol
Login in to Rate this Post:     0       ?        

जहाँ सम्म मलाई लाग्छ, भारत सरकार को चलन अनुसार कुनै पनि बिदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखको सरकारी भ्रमणमा  हवाइ अड्डामा बिदेश मन्त्री ले स्वागत गर्ने गर्छन्।


राष्ट्र प्रमुख भए राष्ट्रपती भवनमा भारतीय राष्ट्रपतीले औपचारिक स्वागत गर्ने तथा गार्ड अफ अनर लिने दिने चलन छ । प्रधानमन्त्री को भ्रमण भए प्रमले आफ्नो कार्यालय प्राँगणमा औपचारिक स्वागत गर्ने गर्दछन ।


गिरिजा प्रशाद कोइराला को भारत भ्रमण मा चाँही प्रम मन मोहन सिंह आँफै हवाइ अड्डा आइ स्वागत गरिएको थियो। त्यो परम्परागत नभै एक अर्काको सम्मान र आत्मियता को रुपमा लिनु पर्ने हुन्छ ।


माधव नेपाल को सन्दर्भ मा बिदेश मन्त्री एस् एम कृष्णा किन आएन थाहा भएन , तर राज्य मन्त्री को उपस्थिती कुनै ठुलो इस्स्यु जस्तो लागेन।

Read Full Discussion Thread for this article