Posted by: Rahuldai August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        

पुरे,
त्यसो त यो भूतेश्वर को कथा २ बर्ष अगाडि नै साझा र साझा ब्लग मा राखेको थिए । हिजो कृष्णष्टमी भाकोले फेरी सम्झना नबीकरण गरेको मात्र। सुनेको कथालाई आफ्नो भाषामा पस्केको मात्र।


रिट्ठे,
यो कथा त्यही टोलमा बासिन्दा लाई पनि थाहा छैन, किन कि प्रकाशित् कथा होइन। भूतेश्वर को खाल्डोमा भूतलाई पन्छाउने पूजा चाँही गर्छन् तर भूत कहाँ बाट आयो कसलाई बाल मतलब ? 


टिमलोगो,


धन्यवाद। यस्ता किंबदन्तीमा आधारित् न लेखिएका कथाहरु थुप्रो छन । जामन: गभाजुका अनेक किस्सा छन। मंगलबजार को सुरुङ को कथा मैले पनि सुनेको छैन। तर स्वयम्भू शान्तिपुर मन्दिर भित्र हुंदै कान्तिपुरको बिभिन्न भागमा खुल्ने सुरुङ को कथा चाँही थाहा छ । कुनै दिन फुर्सदमा लेखौला ।


बैरे,
यस्ता रमाइला कथाहरु धेरै छन , त्यता तिर भन्दा फेशन  र यौन को कुरा मा आजको पुस्ताको ध्यान र ज्ञान गएकोले ओझेलमा परेका हुन।
यो बुढालाई भन्दा अरु धेरै बुढाहरु सँग ज्ञानगुन छन ।


रहस्यमयी मान्छे,
 बोर्ड हान्ने धेरै छन साझामा पनि ।  म त चानचुन मान्छे। सुनेको देखेको कुरा लेख्यो बस्यो। काम छैन के गर्ने ?


पिया ,


ईतिहासको स्वर्ण युगको कथा हो। कती बैभवशाली थियौं हामी , कती ज्ञान  बिज्ञान मा  प्रगती गरेका थिए हाम्रा पुर्खा ले, यी कथाहरु मा मात्रा सीमित छन अहिले।


हर्के,
हर्के ले अब महेन्द्र बौचा को पसल जाँदा भूतेश्वर लाई पनि भेटेर आउने भए। खाल्डो मा खस्ला होस् गर्नु। आँफै भूत होला फेरी ।


नितिसा,


हो, जामान: गुभाजुका अनेक रोमान्चक कथाहरु छन। जामन: गुभाजु को चाइना यात्रा, जामना गुभाजु ले मरुहिटिमा डोको मा पानी भरेको आदी इत्यादी ।


जामन: गुभाजु को मूल घर श्रीखण्ड मूल महा बिहार ( सिखमू बहा), कुमारी घर,बसन्तपुर मै हुनु पर्दछ भन्ने विद्वानहरुको भनाइ छ । जामन: गुभाजु ले पनि तन्त्रको कही दुरुपायोग गरेकोले श्राप लागेको रे। जामन: गुभाजु को घरमा कहिलेइ लाटा लठेउरो खाली हुनेछैन भनेर श्राप बोकेको रे। अचम्म को कुरा, सिखमू बहा को एउटा घरमा अहिले पनि लाटो सन्तान जिउदै छ । संभवत जामन: गुभाजुका सन्तति हुन तिनी।

Read Full Discussion Thread for this article