.."/>
Posted by: deshbhaktanepali June 27, 2009
I love Nepal because......
Login in to Rate this Post:     0       ?        




































तपाईंको प्रतिक्रिया

ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....

bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....

puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....

Shesh Kafle: Balanced and good article... ....

रिपोर्ट

नेताका छोराछोरी अङ्ग्रेजी पढ्नमा जनताका छोराछोरी प्रचण्डपथ घोक्नमा

युद्धका शहीद, बेपत्ता र घाइतेका छोराछोरीले राम्रो ठाउँमा पढ्न त के खानसमेत नपाइरहेका बेला सबैका लागि समान शिक्षाको नारा घन्काउने मा'वादी नेताका छोराछोरी भने शहर र विदेशका सुविधासम्पन्न स्कूल-कलेजमा पढिरहेका छन्। सन्त गाहा मगर को रिपोर्ट

सन्त गाहा मगर




















मा'वादी नेताका छोराछोरी कोही शहरका सुविधासम्पन्न स्कूल-कलेजमा त कोही विदेशमा पढिरहेका वा पढ्न जाने तयारी गरिरहेका छन्।

झ्ोलामा कापी-कलम हैन,बम र बन्दूक बोक!








विचल्लीमाः शहीद र युद्ध पीडितका छोराछोरीका लागि पार्टीकै निर्देशनमा खुलेकोे सिस्ने शहीद स्मृति फाउण्डेशनलाई न त मा'वादी नेतृत्वको सरकारले सहयोग गर्‍यो न त मा'वादी पार्टीले नै।


युद्धकालमा यस्तै भनेर कलिला बालबालिकाका हातमा समेत हतियार थमाएका एकीकृत नेकपा (मा'वादी) का नेताहरू आफ्ना छोरा-छोरीलाई देशका शहरी क्षेत्र र विदेशका स्कूल-कलेजमा पढाउँथे।शान्ति प्रक्रियामा आउनुअघि अङ्ग्रेजी र बुर्जुवा शिक्षा लिनुहुँदैन, निर्मूल पार्नुपर्छ भन्दै निजी अङ्ग्रेजी आवासीय विद्यालय बन्द गराउँदै हिँडेका मा'वादी नेताका छोरा-छोरी भने त्यस्तै विद्यालयमा पढ्थे। अहिले पनि शहीदका छोरा-छोरी पार्टीले चलाएका जनवादी स्कूलमा युद्ध-विज्ञान र प्रचण्डको जीवनगाथा घोकिरहेका बेला नेताका छोराछोरी कोही शहरका सुविधासम्पन्न स्कूल-कलेज तथा विदेशमा पढिरहेका वा पढ्न जाने तयारी गरिरहेका छन् भने कोही सरकारको कोटामा खर्चिला विषय पढिरहेका भेटिन्छन्।


मा'वादी सचिवालय सदस्य तथा निवर्तमान रक्षामन्त्री रामबहादुर थापाकी छोरी प्रतिमा चितवनमा पार्टीकै नेता अमिक शेरचनको समेत लगानी रहेको सप्तगण्डकी क्याम्पसमा १२ कक्षामा पढ्दैछिन्। सचिवालय सदस्य टोपबहादुर रायमाझ्ीका छोरा सन्दिप बुटवल, जोगीकुटीस्थित मणिमुकुन्द उच्चमाविबाट १२ कक्षा पूरा गरी विदेश अध्ययन गर्न जान टोफल परीक्षा दिएर बसेका छन् भने छोरी सन्ध्या मणिमुकुन्दमै ११ कक्षामा पढिरहेकी छन्।


सचिवालय सदस्य तथा निवर्तमान न्याय, कानून तथा संविधानसभा व्यवस्था मन्त्री देव गुरुङका जेठा छोरा विजय सरकारी छात्रवृत्तिको कोटामा पाल्पा, तानसेनको लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस पढिरहेका छन् भने कान्छा विशाल ललितपुर, पुल्चोकस्थित त्रिपद्म माविमा १० कक्षामा पढ्छन्। पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलका छोरा प्रशान्त बङ्गलादेशमा एमबीबीएस गर्दैछन्। वरिष्ठ नेता मोहन वैद्यकी छोरी सिर्जना काठमाडौं, चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा बीबीएस अध्ययन गरिरहेकी छन्। मा'वादी सेना प्रमुख नन्दकिशोर पुनका कान्छा छोरा दीपेश र अनेरास्ववियू क्रान्तिकारीका महासचिव हिमाल शर्माका छोरा सरल चापागाई अमृत साइन्स क्याम्पसमा आईएस्सी दोस्रो वर्षमा पढिरहेका छन्।


मा'वादी नेता तथा सभासद् खिमलाल देवकोटाका दुई छोरा सिद्धार्थ वनस्थलीमा पढ्छन्। सचिवालय सदस्य लीलामणि
पोखरेल तथा पोलिटब्यूरो सदस्य शशी श्रेष्ठका छोरा विभूषणले ललितपुर, हात्तीवनस्थित लिटिल एञ्जेल्स बोर्डिङबाट एसएलसी दिएका छन्। मा'वादी केन्द्रीय सदस्य तथा सभासद् नन्दकुमार(एनके) प्रसाईका छोरा विजय र छोरी ऐश्वर्य लिटिल एञ्जेल्स बोर्डिङमा ९ कक्षामा अध्ययनरत छन्।


शहीदका बच्चाहरूको बेहाल
पार्टीद्वारा स्थापित शहीद स्मृति प्रतिष्ठानको सल्लाहमा स्थापना गरिएको सिस्ने शहीद स्मृति फाउण्डेसन नेपालका अध्यक्ष हरिबहादुर गुरुङ पार्टी र पार्टीले नेतृत्व गरेको सरकार कसैले सहयोग नगरेकोले फाउण्डेसन अहिले पूरै ऋणमा चलेको बताउँछन्। यसले चलाएको सिस्ने सहारा चाइल्डकेयर होममा बसेर रुकुमका ६१ सहित रोल्पा, जाजरकोट, धादिङ, बर्दिया, गोरखा, जुम्ला, काभ्रे, नवलपरासीलगायत १६ जिल्लाका शहीद, बेपत्ता र शिविरमा बसेका मा'वादी सेनाका ८२ बालबालिका कोटेश्वरको दीपिका शिक्षा सदनमा कक्षा १ देखि ६ मा पढिरहेका छन्। फाउण्डेसनले कापी, कलम र किताब जस्ता अत्यावश्यक कुरा दिएर पढाइरहेको ती विद्यार्थीको भविष्य पैसाको अभावमा असुरक्षित बनेको गुरुङले हिमाल लाई बताए।
नेताका छोराछोरीले शहरबजार, विदेशमा खर्चिलो शिक्षा पाउने तर शहीद, बेपत्ता र घाइतेका बच्चाहरूले भने मागेर खानुपर्ने अवस्था आएकोमा चिन्तित फाउण्डेशनका अध्यक्ष गुरुङ यस्ता अझ्ै २५-३० हजार बालबालिका पार्टी र राज्यले हेर्नैपर्ने अवस्थामा रहेको बताउँछन्। आफ्नो नेतृत्वको सरकारबाट देशमा एकैपटक ७६६४ जना शहीद घोषणा गरेको मा'वादीले पार्टीद्वारा सञ्चालित जनवादी स्कूल मा समेत गरी शहीद परिवारका १७५० जना बालबालिकालाई शिक्षा दिएको र दिने तयारी गरिरहेको छ। जनवादी स्कूलमा दिइने शिक्षाको न औपचारिक मान्यता छ, न त्यहाँ हुने मा'वादीको विशुद्ध राजनीतिक पढाइले शिक्षाको सर्वमान्य सिद्धान्तलाई नै अँगालेको छ।








युद्धका शहीद, घाइते तथा मा'वादी लडाकुका छोराछोरी पढ्ने रोल्पाको जनवादी विद्यालय।
मा'वादी नेतृत्वको सरकारले शहीद परिवारका बालबालिकाका लागि निकासा गरेको रु.५ करोडको बजेटबाट चल्ने स्कूलमा चाहिँ ७५० जनालाई पढाउने तयारी हुँदैछ। सो रकमबाट पाँच विकास क्षेत्रका सुनसरी, जिरी, पोखरा, दाङ र दिपायलमा आवासीय विद्यालयको भवन निर्माण शुरु भएको तथा प्रत्येक विकास क्षेत्रबाट १५० जनालाई पढाउने गरी विद्यालय सञ्चालनको तयारी भइरहेको शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष तथा मा'वादी नेता पोष्टबहादुर बोगटी बताउँछन्। अनेरास्ववियु (क्रान्तिकारी) का कोषाध्यक्ष रमेश मल्लका अनुसार करिब एक हजार बालबालिका रोल्पाको थवाङ, रुकुमको क्याङ्सी, सल्यानको शिवरत्न, कालीकोटको मालकोट, जाजरकोटको जुनी, सिन्धुली र पहिला एकता केन्द्र-मशालले चलाएको चितवनको माडीमा गरी पार्टीका सात वटा जनवादी विद्यालयमा पढिरहेका छन्।


शान्ति प्रक्रियामा आएपछि तथा सरकारको नेतृत्व गरेपछि वर्गीय विभेदको अन्त्य र समान शिक्षाको नारा दिने मा'वादी नेताका छोराछोरी शहर-विदेशमा पढ्ने क्रम झ्न् बढेको कुरा पार्टीभित्र पनि छलफल र विवादको विषय बन्ने गरेको छ। पोष्टबहादुर बोगटी नेताका छोरा-छोरी शहरका स्कूल, क्याम्पस र विदेशमा पढिरहेको कुरा स्वीकार्दै भन्छन्, “बेलाबेलामा पार्टीभित्र यो विषयमा कुरा उठ्ने गरे पनि ठोस निर्णय केही भएको छैन।” १८ साउन २०६४ मा काठमाडौं, बालाजुमा बसेको मा'वादीको पाँचौं विस्तारित बैठकमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले नेताका छोराछोरीलाई सार्वजनिक विद्यालयमा नल्याए तिनको र ती पढिरहेका विद्यालयको नाम सार्वजनिक गर्ने भनेर दिएको धम्की त्यत्तिमै सीमित छ।


युद्धकालमा पनि उस्तै
अहिले मात्रै होइन, युद्धकालमा पनि मा'वादी नेताका छोराछोरी पहिचान बदलेर समेत विदेशमा या राजधानीमै बसेर पढिरहेका थिए। वरिष्ठ मा'वादी नेता डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीले पढ्ने उमेरका बालबालिकालाई पढाइ छाडेर सामन्ती सत्ता ध्वस्त पार्नका लागि बन्दूक बोक्न उक्साइरहँदा उनीहरूकी छोरी मानुषी भारतको दिल्ली विश्वविद्यालयमा स्नातक पढिरहेकी थिइन्। त्यतिबेला अस्मिता सिंह को नाममा भारतमा पढेकी उनी अहिले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेकी छन्।


मा'वादी प्रवक्ता दीनानाथ शर्माका छोराहरू युद्धको समयमा पौडेल थर राखेर काठमाडौंमै पढ्थे। शर्माका जेठा छोरा राजनले त्रिवि, कीर्तिपुरबाट मनोविज्ञानमा स्नातकोत्तर गरेका छन् भने कान्छो साजन त्रिविमै स्नातकोत्तर अध्ययन गरिरहेका छन्। अहिले उनीहरू दुवै जना एबीसी टेलिभिजनमा काम गर्छन्। मा'वादी सचिवालय सदस्य रामबहादुर थापाले छोरा प्रतीकलाई भारतमै राखेर पढाएका थिए। राजनीतिशास्त्रमा स्नातकोत्तर प्रतीक बाबु रक्षामन्त्री हुँदा उनका निजी सहायक नियुक्त भएका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश युद्धकालमा भारतको जालन्धरमा बसेर पढ्थे। ८ देखि १२ कक्षासम्म त्यहाँ पढेका प्रकाश पछि हेडक्वार्टरको सुरक्षार्थ भन्दै बाबुसँगै हिँड्न थालेका थिए र बाबु प्रधानमन्त्री भएपछि उनको निजी सहायक समेत बनेका थिए।


 


Courtesy: www.himalkhabar.com

Read Full Discussion Thread for this article