Posted by: shirish June 25, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        





मन्त्रालय टुक्रिएपछि कर्मचारी अन्योलमा
























अन्य समाचार
















पुरानो अंक






सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, ९ असार

2009-06-24,Wednesday
जलस्रोत मन्त्रालय टुक्र्याएर बनाइएको ऊर्जा मन्त्रालयको जिम्मेवारी डा. प्रकाशशरण महत र सिँचाइ मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँडले पाएका छन् । स्वयं मन्त्री महत र खाँड पनि अझैसम्म अन्योलमा छन् ।

उनीहरू मन्त्रालयको सामान्य बि्रफिङ कार्यक्रममा मात्रै सहभागी हुने गरेका छन् । दुवै मन्त्रीले हालसम्म कुनै पनि नीतिगत निर्णय लिन नसकेको मन्त्रालयस्रोतले बताएको छ । ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई भने मन्त्रालयमा काम नभएपछि गृहक्षेत्र धनगढीतर्फ लागेका छन् ।

मन्त्रालयका लेखापाल अच्युत खरेलले भने मन्त्रालय अझै पनि जलस्रोत मन्त्रालयकै रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन् । गोश्वारा भौचर र लेखाका सबै काम जलस्रोत मन्त्रालयअन्तर्गत नै भइरहेको उनले बताए ।

सरकारले दुईवटा मन्त्रालय बनाए पनि दुवै मन्त्रालयको जिम्मेवारी तोकिइनसकेकाले हालसम्म जलस्रोत मन्त्रालयकै रूपमा काम भइरहेको उनको भनाइ छ । खरेलका अनुसार मन्त्रालयका सचिव शंकर कोइरालाले मन्त्रालयमा थप २० कर्मचारीको दरबन्दी थप्नुपर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । हालको मन्त्रालयको दरबन्दीले दुई मन्त्रालय सञ्चालन गर्न नसकिने भएपछि सचिव कोइरालाले थप दरबन्दी माग गरेको उनले बताए ।

सरकारले भागबन्डा पुर्‍याउन जलस्रोत मन्त्रालयलाई टुक्र्याएर दुई मन्त्रालय बनाएपछि आफूहरूको चित्त दुखेको मन्त्रालयका कर्मचारीले बताएका छन् । इन्जिनियर डंगोलले गुनासो गरे, 'ठूलो मन्त्रालय टुक्र्याएर सानो पारियो, काम गर्ने जाँगर नै सेलाएको छ ।'




मन्त्रालय टुक्रिएपछि कर्मचारी अन्योलमा
























अन्य समाचार
















पुरानो अंक






सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, ९ असार

2009-06-24,Wednesday




सरकारले जलस्रोत मन्त्रालय टुक्र्याएर सिँचाइ र ऊर्जा बनाएपछि दुवै मन्त्रालयअन्तर्गतका ७३ कर्मचारी अन्योलमा परेका छन् । मन्त्रालय टुक्रिएको एक साता बितिसक्दा पनि जिम्मेवारी नदिँदा सिँचाइ वा ऊर्जा कुन मन्त्रालयमा काम गर्ने भन्ने विषयमा अन्योल छ ।

तत्कालीन जलस्रोत मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर मथुरा डंगोलले आफू नियमित मन्त्रालय आउने गरे पनि कुन जिम्मेवारी सम्हाल्ने भन्ने विषयमा जानकारी नभएकाले त्यसै फर्किने गरेको बताए । 'एउटा मन्त्रालय टुक्रिएर दुईवटा भए, काम के गर्ने भन्ने टुंगो छैन,' उनले नयाँ पत्रिकासँग भने, 'यस्तो अवस्थामा कसरी काम गर्ने ?' डंगोलकै जस्तो गुनासो गर्छन् अरु कर्मचारी पनि ।

कामको टुंगो नभएपछि मन्त्रालयका कर्मचारी एक सातादेखि यताउता टहलिएर दिन बिताउन विवश छन् । 'चाँडै भागबन्डा भए काम गर्न सजिलो हुन्थ्यो,' जल तथा शक्ति आयोगका सिनियर डिभिजनल इन्जिनियर सञ्जय ढुंगेलले भने, 'बाँडफाँड नहुँदासम्म केही काम गर्न सक्ने स्थिति छैन ।'

Read Full Discussion Thread for this article