Posted by: shirish June 10, 2009
गिरिजा बाबु आफ्नो राजनितिमा धेरै सफल छन् –
Login in to Rate this Post:     0       ?        

 


 


* आफूहरुले को मन्त्री बनाउने भनेर निर्णय गर्न नसकेका कार्य समितिले आखिर गिरिजा बाबुलाई नै छान्ने अधिकार दिए र उनले नेकामा कनिष्ट आफ्नै छोरी सुजातालाई


परराष्ट्र मन्त्री बनाए ब्यापक बिरोध बाबजुद ! त्यो गिरिजा बाबुको सफलता हैन र?


* त्यसो भए राजीनामा दिन्छु भन्ने शुशिल कोईरालाको खाली घुर्की मात्र रहेछ ! अहिले सम्म उनले राजीनामा दिन नसक्नु गिरिजा बाबुको सफलता हैन र ?


* संसदिय दलको नेता पनि आफै रहि रहनु अरु नेताको चयन हुन नसक्नु गिरिजा बाबुको सफलता हैन र ?


* मीनेन्द्र रिजाल र महतलाई मन्त्री बनाएर प्रकाशमानलाई पनि देउवाले पाखा लगाए ! सुजाताको बिपक्षमा मौन बन्न लगाई आरजु राणालाई अब केन्द्रिय समितिमा ल्याउने काम गर्दै गर्नु भएका गिरिजा बाबुको सफलता हैन र ?


* माधब नेपाल नामका मात्र प्रधानमन्त्री हुन् बास्तबिक प्रधानमन्त्री त प्रधानमन्त्री बनाउने गिरिजा बाबु नै हुन् ! यो गिरिजा बाबुको सफलता हैन र ?


* पार्टीको नेता, अभिनेता जे भए पनि आफ्नो कम्पनिको CEO हुन सक्नु त्यो पनि आठौं दशकको बृद्दले - गिरिजा बाबुको सफलता हैन र ?


* योग्य ब्यक्तिहरुलाई पाखा लाउने कार्य गिरिजा बाबुको सफलता हैन र ?


* आफ्ना हरेक मनोकामनाहरु पूरा गर्न सक्ने कुरा गिरिजा बाबुको सफलता हैन र ?


* जस्ले जे सुकै भने पनि बहिरो जस्तो हुनु गिरिजा बाबुको सफलता हैन र ? कसैले गिरिजा बाबु बिरुद्द केहि गर्न नसक्नु गिरिजा बाबुको सफलता हैन र ?


 


disclaimer: म कुनै राजनैतिक पार्टीसंग आबद्द भने छैन है ! देख्या, सुन्या, पढ्या, मनमा लाग्या कुरा मात्र राख्या हुं - पब्लिक फिगर रहि रहनु गिरिजा बाबुको सफलता हैन र ?

Read Full Discussion Thread for this article