Posted by: Rahuldai June 1, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        

उपत्यका बन्द र नेवार!!!!


नेवा राज्यको माग गर्दै गरिएको भनिएको उपत्यका बन्द र बन्दकर्ताहरुको चर्तिकलाबाट आज म जस्ता धेरै नेवारहरुको शिर निहुरेको छ। नेवार के हो भन्ने थाहा नभएका लुच्चाहरुले भाषा र जातिको गुच्चा  खेलिरहेका छन।


सदभावको शान्ता तलाउमा भाषा र जाती नामक दुई ढुंगा प्रहार गर्दा तरंगिने तरङ्गहरु अन्य नामधारी प्रहार भन्दा हजरौं गुणा ठुलो हुन्छ । त्यसमाथि कुण्ठा, असफलताको आक्रोश जोडीदा अझ घातक हुने हुन्छ ।


हो भाषा र सुमुदाय प्रती  म गर्ब गर्छु । गौरबशाली ईतिहास छ, बैभवशाली कला संस्क्रिती छ ।
नेवार समुदाय कहिलेइ हिंस्रक र बिध्वंसकारी भएको थिएन, हुने छैन । तर आजको बन्दको फोटो हेर्नु भयो भने त्यो सत्य असत्य भएको पाउनु हुने छ । प्रेस माथि आक्रमण, फलफूल बजार भित्र लूट्पाट। सवारि साधनहरुको तोड्फोड।


फोटोहरु नियालेर हेरें , दोहर्‍याइ हेरें । नेवार समुदायको अनुहार नै नयाँ नेपाल मा नयाँ भैसकेको हो कि वा मैले आफ्नै दाजु भाई नचिनेको हुँ अलमल मा परें। अधिकांश अनुहारहरु आयातित छन, आततायी छन।


कही सत्ता गुम्न गएको, भत्ता खुम्चिएको आक्रोश नेवार मुकुण्डोधारी जंगलिहरु को झुण्ड त होइनन, सोचनिय छ ।


बन्द र बन्दकर्ता दुबै मुर्दाबाद।

Read Full Discussion Thread for this article