आफ्नो रहेन आफ्नै ठाउँ |
सुरक्षित भविष्यको खोजीमा सुस्त-सुस्त बसाइँ सर्दैछन्, पहाडी समुदाय |
कुनैबेला बर्माबाट विस्थापित भई नेपाल फर्किएका बुद्घपि्रसाद पोखरेलको शान्तिका दूत गौतम बुद्घको जन्मथलो लुम्बिनीको पश्चिममा तौलिहवा र पूर्वमा परासीको बीचमा छ, रूपन्देही जिल्ला । तराईका यी तीनै जिल्लामा अहिले च्याउझैँ पलाएका सशस्त्र समूहको आतंक फैलिएको छ, जुन सोझै पहाडी समुदायतिर लक्षित छ । २४ घन्टे त्रासमा बसिरहेका परासीबजारका बोर्डिङ् स्कुल सञ्चालक विनोद कुँवर यहीँ जन्मेहुर्केका हुन् । आफ्नो थातथलोमा पनि पूर्वी तराईको आतंकको राजनीति आइपुगेपछि उनी न मरी जानु न गरी खानुको अवस्थामा छन् । भन्छन्, "हामी खतरनाक परििस्थतिमा छौँ । तर, मरब त यही, जिअब त यही, यहाँ से कही नही जाअब -मर्छु यहीँ, बाँच्छु यहीँ, यहाँबाट कहीँ जाँदिनँ) ।" यहाँदेखि अलि पर रूपन्देही जिल्लाको धकधही गाउँका ओमप्रसाद भट्टराईले भने कुँवरले जस्तो मन बाँध्न सकेनन् । सिमानापारबिाट आएका भारतीय गिरोहले उनको घरमा डकैती गरेपछि उनी पूर्व-पश्चिम राजमार्ग छेउमा बसाइँ सरे । भट्टराईका अनुसार, त्यस रात डाँकाहरूले उनको सम्पत्ति मात्र लगेनन्ा्, छोरी र भतिजीमाथि दुव्र्यवहार पनि भयो । डाँकाहरूको उक्त समूह केवल डकैतीका लागि मात्र आएका थिएनन् । उनीहरूको व्यवहार साम्प्रदायिक दंगा भड्काएर पहाडी समुदायलाई विस्थापित गराउने उद्देश्यबाट प्रेरति थियो । भट्टराई सम्झन्छन्, "उनीहरूले यो ठाउँ छोडेर पहाड जा, नत्र अर्कोपटक आएर टाउको काट्छौँ भने बारम्बार ।" पहिचानसहितको समावेशी अधिकारको मागबाट प्रारम्भ भएको मधेस आन्दोलनको उपलब्धि मूल्यांकन गर्ने बेला भएको छैन होला, सायद । तर, यसअघि नै पुस्तौँदेखिको आफ्नो थातबासबाट विस्थापित गराउन थालिसकेको छ, पहाडी समुदायलाई । यी तीनै जिल्लाका पहाडी समुदाय भौतिक असुरक्षाको मानसिक जाँतोमा निर्मम ढंगले पिसिन बाध्य भएका छन् । यी जिल्लाका खासगरी पातलो बस्ती भएका क्षेत्रका पहाडीहरू वषौर्ं पुरानो घरबार छाडेर पहाडीबहुल उत्तरतिर सर्दैछन्, विस्तारैविस्तारै । तर, यसको अर्थ सदरमुकामले शान्तिको श्वास फेररिहेको छ भन्ने होइन । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाकै कुरा गरौँ । यहाँका पहाडी समुदायका कोही बसाइँ सरिसके । कोही सर्ने तयारीमा छन् भने कोही इन्तु न चिन्तुको स्थितिमा छन् । जस्तो, कपिलवस्तु नगरपालिका-५, सागर टोलका आठ घर पहाडी परविार बुटवल र गैँडाकोट बसाइँ सरे । उनीहरूमध्ये केही बसाइँ सरसिकेपछि जायजेथा बिक्रीका लागि ग्राहक खोज्दै हिँडेका छन् । १० लाखभन्दा बढी पर्ने जग्गा साढे छ लाखमा छाडेर नवलपरासीको गैँडाकोट बासखोर बसाइँ सरेका लोकनाथ पौडेललाई भने अहिले आनन्द भएको छ । रूपन्देहीको कोटिहवाबाट व्यापार गर्न पाँच वर्षअघि तौलिहवा आएका मनहर िबस्याललाई भने त्यहाँ बनाएको घर घाँडो भएको छ । रातदिनको असुरक्षाकै कारण एक वर्षअघि तौलिहवाबाट बुटवल बसाइँ सरेका बस्याल घर किन्ने ग्राहकको खोजीमा छन् । बस्यालजस्तै तौलिहवाका करबि ३० घर पहाडी समुदाय आफ्नो जायजेथा सके बेचेर नसके भाडामा दिएर बुटवलतिर लाग्ने तयारीमा छन् । दक्षिणतिरबाट नेपाल छिरेर मधेसी-पहाडी समुदायबीच वैमनस्यता घोल्ने तर, पछिल्लो समयमा चकलेट बाँडेजसरी नागरकिता बाँडिएपछि गाउँमा नयाँनयाँ मान्छेहरू देखा पर्न थाले । त्यहीँबाट सुरु भयो, साम्प्रदायिक सद्भाव बिगार्ने खेल । गत वर्ष पनि खासमा के भएको हो, घिमिरेलाई थाहा भएन । तर, पहाडीहरूसमेतले गाउँ छोड्न धम्काउन थालेपछि सुरक्षित ठाउँ खोज्न बाध्य भएको तीतो अनुभव उनी सुनाउँछन् । गत वर्षको असोजमा शंकरनगर-३ मा जसोतसो घडेरी किनेका घिमिरे अहिले तीनकोठे घर बनाएर चार छोराछोरी र श्रीमतीसहित बसेका छन् । कपिलवस्तुको हिंसा अहिले विगतको त्रासदी भएको जस्तो देखिन्छ । विस्थापितहरू गाउँ फर्केका पनि छन् । तर पनि, उनी केही वर्ष वरकलपुर र्फकने पक्षमा छैनन् । भन्छन्, "सबैभन्दा ठूलो ज्यान हो, बरु जेजस्तो पर्छ, यतै बस्छु, यहाँ ढुक्कसँग निदाउन त पाइन्छ ।" कपिलवस्तुको हिंसात्मक घटनापछि वरकलपुर, गजेहडा, चन्द्रौटा, देवीपुरलगायतका एक दर्जनभन्दा बढी गाउँबाट पहाडी पश्चिम पहाडमा माओवादी द्वन्द्व चर्केपछि पश्चिमाञ्चलको मुख्य व्यापारकि नाका बुटवलमा विस्थापित भई आउनेको संख्या ह्वात्त बढेको थियो । धान, गहुँ र तरकारी खेतीमा प्रसिद्ध शंकरनगरमा अहिले घरबाहेक केही देखिँदैन । गाविस सचिव बाबुराम अर्याल शंकरनगरमा दुई वर्षयता बसाइँसराइ थामीनसक्नु भएको बताउँछन् । भन्छन्, "एकै दिनमा ३० जनासम्म जग्गाको चौकिल्ला बनाउन आउँछन् । अब त दुई कट्ठा जग्गा पाउनसमेत मुस्किल छ ।" साथमा, मनोज पौडेल/कपिलवस्तु र अमृता अनमोल/बुटवल |