Posted by: MR_TRUTH May 7, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        
याँहा केही नलेखम जस्तो लाग्या थियो तर मनले मानेन । हुन त भन्छन तानाशाही एउटाको डिक्टेटरसीप हो रे अनि डेमोक्रेसी १०।२० जनाको । याँहा रेटीङ सिस्टमले पनि त्यो पुष्टि नै गर्छ  र पहिल्यै प्वाक्क बोल्ने आँट गरिन।

पहिलो राहुलभाइको माइसंसारको प्रकरण पनि थाह छ अनि पध्मरत्नको पनि । मलाइ लाग्छ उहा सोझो, बिद्वान र पपुलर हुनुहुन्छ झन साहित्य लेखनमा त माहिर । तर राजनैतिक सन्दर्भमा पूर्वाग्रह बिनाको निश्पक्ष हुनुहुन्छ मलाइ यो लाग्दैन । गधालाइ धोएर गाइ बन्दैन त बारम्बार भन्नुहु्न्छ तर तेही गधाको उन्मादमा शिरोमणि बाबुराम र पृथ्वी नारायणको धज्जी उडाउन चुक्नु भएन । याँहा सम्म कि बीरेन्द्रले रामराजाको सहयोगमा सिंहदरबारमा बम पडकायो जस्ता हास्यासपद तर्क राख्दा ९,११ को षडयन्त्रलाइ मात दिनु हुन्छ भने बाँकी सत्य कुराको पनि बिश्वास गर्नलाइ धौ धौ परिन्छ  किन हो किन।

नेपेजीको कुरो समग्रमा ठिक हो तर यो तर्क गर्नलाइ अन्तरीम संबिधानको अष्पस्टता बाहेक उनको कुनै हतियार छैन साथै त्यसले ०४७ को धारा १२७ धाराको द्विभाव अनुसार  ज्ञानेको कदमलाइ पनि अप्रतक्ष्य रुपमा अनुमोदन गरिदिएको छ । याँहा रामबरणलाइ जनताबाट चुनेर आएको भन्नुहोला तर मोनार्की चुन्ने व्यबस्था त संसारमा कतै छैन  के गर्नु। लाग्न सक्छ  ज्ञानेको तारीफ गरे त्यो होइन , मूल कुरो समयाकुलिन तार्किक बाध्यतालाइ होइन भलै किन ढुंगा नचबाउनु परोस , सत्यता आत्मसात गर्नु मात्रै  हो । मात्र सत्ताका लागी ज्ञाने मात्र होइन, प्रजातन्त्रबादी कंग्रेस गिरिजा, एमाले, पत्रकार राजनैतिक(नागरीक) समाज, तपाइ हामी देखी लिएर अधिनायकबादी माओबादी सबै लागेको बिगतका घटनाक्रमले प्रष्ट हुन्छ । हुन त  फलप्राप्तिका लागि को लाग्दैन ? तर सिंगो देशलाइ दाउमा राखेर यति निचतासम्म आएको हामीहरु कहिल्यै थिएनौ । तपाइसंग बारम्बार अरु धागोमा प्रचंडपथको आडमा तर्क गर्नुहुन्थ्यो म चुनवाङ देखि खैरेपाटीलाइ पछ्याउदै लेलिने चकलेटको संज्ञा दिन्थे नभन्दै चुनाबी बिजय पछि एकिकृत संगै त्यो बिलाएर गयो । तर्कका लागि समय बाहेक मेरो केही हतियार थिएन तर हिन्दीमा भन्छन नि " देर आए लेकिन दुरुस्त" या "सुबहका भुला शामको लौटा" । तर तपाइ जस्ता कयौ प्रजातन्त्रबादीका ढाँढस र अनुमोदनमा माओबादीहरुले बलियो जरा गाढिसकेको छ, पहिला केहि थिए आज बिशाल भइसकेको छ ( "नेपाल" साप्ताहिक गतिबिधि पनि हेर्नुहोला)  । सोझा जन र जाती मात्र होइन पढेका बिद्वानहरुको मतिलाइ पनि केही समय नशालु बनाइराख्नु प्रचण्डपथको आश्चर्यता हो । फलत सम्पूर्ण लोकतन्त्रबादीहरु कटवाललाइ समातेर झुण्डनु परने बाध्यता आजको परिस्थिति बनेको छ।  संसद प्रति उत्तरदायित्व सैनिक सरकार केहि समयका लागि त मैले भनेका थिए, के हामि सबै एउटै बिन्दुमा आइपुग्यौ त? होइन भने यो भद्रगोलको निकाशा त्यति सहज जस्तो लाग्दैन। अर्को, याँहा राष्ट्रिय सेनाको मात्रै उल्लेख देखियो,  भिडियोमा नेपालीहरुको सबैभन्दा चित्त कटक्क खाने प्रचण्डको(कुटिल हाँसो सहित) रक्तरन्जित पन्जी स्किम हो जस्तो लाग्दछ, किनभने भलै त्यसलाइ जोक्स नै मानौ तर यस्तो दिलै रुवाउने जोक्स त कहिल्यै देखिएको सुनिएको थिइन।
Read Full Discussion Thread for this article