Posted by: crazy_love April 28, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM
Read Full Discussion Thread for this article