Posted by: lopchanlama April 18, 2009
बधाई प्रचन्ड
Login in to Rate this Post:     1       ?         Liked by

सर्व-प्रथम , मेरो रचना मन पराई दिनु भएकोमा सबैलाई धन्यवाद।


Shirish जी, कहिले कामको ब्यस्तता , कहिले पढाईको ब्यस्तताले गर्दा साहित्य प्रती रुची भएता पनि अद्ययन गर्ने मौका पाइरहेको छैन। तर पनि देशको स्थिती देखेर मुटु कटक्क खान्छ अनी केही कोर्ने गर्छु। कहिले घुम्सिरहेको भावनाहरु पोख्ने गर्छु। जानि-नजानी कोरिएका मेरा रचनाहरु मन पराई दिनु भएकोमा फेरी पनि धन्यवाद।


  यो पनि


 


रोक्न सकिन आशुँहरु


तालिको गढगढाहटमा


शिर उठाएर खुशीमा रोएँ


भर सभामा एक्लो उभीदाँ


एक्लोपनको महसुस भयो


परेली बिजाएर दु:खमा रोएँ


बुझ्नेलाई क्ष्रिखन्ड


नबुझ्नेलाई के भनु खै?


छातीमा हात राखेर भन्छु


भक्कानो फुटेर आयो


मेरो प्यारो देश सम्झेर


सुटुक्क रोएँ


जित पनि भयो


हार पनि भयो


आँखा खोली जितमा रोएँ


आँखा छोपी हारमा रोएँ


रोक्न सकिन आशुँहरु


शिर उठाएर खुशीमा रोएँ


परेली बिजाएर दु:खमा रोएँ


 


 


 


 

Read Full Discussion Thread for this article