Posted by: ritthe April 17, 2009
Login in to Rate this Post:
0
?
एक युगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटा–सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्दछन्
गए भनी नदेखिएका फर्की–फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक युगमा एक दिन एकचोटि आउँछ!
कबि: स्व: गोपालप्रसाद रिमाल
नमस्ते, जदौ तारेमाम सबैलाई !
ठुल्दाइलाई सोधेको प्रश्न मैले जवाफ दिये ! सरी है
Last edited: 17-Apr-09 10:41 AM