भाग-८
आखिर रात आइछाड्यो ,वास्तवमा मान्छे सपनाको ब्यापारी हो रातको पुजारी हो जब मान्छे गाँस बास र कपासको आधारभुतता बाट माथि उठ्छ उसले सब भन्दा पहिले सोच्छ रात कसरी काट्ने ? उसलाई थाहा थियो उसले आजको रात कसरी काट्नु पर्नेछ आफ्नो आत्मसम्मान को रात हो यो उसको दिर्घबिजयको कडि हो यो रात !यो रात उसले परिक्षा दिनु थियो यहि रात नतिजा निक्लिनु थियो त्यसैले यो रात कर्मको रात थियो फलको रात थियो । उ अन्तर्स्वप्नमा बाँच्दछ त्यसैले उसले उज्यालो मा पनि कहिले काहिँ सपना भने नदेखेको होइन तर उसले पर्खेको रात थियो आखिर रात आइछाड्यो ।
त्यसै त औँशि नजिँकिँदै थियो तिँ माथि उ छिरेको गल्लि अँध्यारो थियो ।उसलाई उ भित्रको उज्यालो ले त्यता डोर्याइरहे जस्तो लाग्थ्यो ।हुन त उ र झरेको पातमा खासै फरक भने थिएन जताको हावा चल्यो उतै बटारियो । घरि घरि उ मायालाई पनि सम्झिन्थ्यो आज त म घरमा छैन उ पक्कै पनि चिन्तित होली । उसको मुस्कान मैले भोलि देखि हेर्नु पर्दैन । उ वास्तवमा डराउँथ्यो आजकल मायाको मुस्कान देखी ! यो गल्लिमा उसलाई धेरै पहिले कसैले पसाएका थिए । उ रहर भए पनि डरले
जान सकेन । आज उसको डर हराएको थियो । धेरै पछि पनि उसलाई गल्लि याद रहेछ । त्यसको मतलब उसले त्यो गल्लिको एड्रेस सम्हालेर राखेको रहेछ मनको कुनैँ कुनामा उसले डर ले
पुरा गर्न नसकेको रहर कुनै दिन डर हराएपछि त्यो गल्ली छिरौँला भनेर पनि होला । आज उसको डर को सामू जलन छ जलन को अघि उसको डर गलेको छ । उ सँधै सोच्छ माया सँधै किनमुस्कुराइरहन्छे ????????????
“नयाँ मान्छे छिर्न पाइन्न !”
कतै कुनाबाट आवाज आयो ।
उ झस्कियो ,त्यसलाई कसरी थाहा भयो उ नयाँ हो भनेर ?
“म नयाँ होइन म पहिले पनि आएको थिएँ नभए मलाई यो गल्लीको एड्रेस कसरि थाहाहुन्छ?” उसले तर्क राख्यो
अग्यात बोलि चुप भयो । उ ढुक्क भयो । उसले पहिलो युद्द जितेको थियो ।
भित्र रंग भरमग्दुर पोतेकी एउटा कला क्यान्भासमा लडिरहेकी थिइ । उसले नियाल्यो । उ क्यान्भास बाट जुरुक्क उठी । आफूलाई ऐनामा एकछिन नियाली शायद ऐनाले कलाको तारिफ गर्यो कला मुस्काई आफूमा अरु धेरै रंगहरु पोति । कला मादक देखीइ उ लठ्ठ भयो सोच्यो भोलि म यो कलाको भोगको बारेमा मायालाई सबिस्तार लाउनेछु । कहाँ मायाको लागी रामे जसले भख्खर भख्खर बामे सर्न सिक्दैछ ,कहाँ उसकी उसकी मात्र के सर्वलोक की दक्ष कला !
“के खोज्न आएको ?”
“म त आफैलाई खोज्दै आएको !” उसले सोझो भए जवाफ दियो । जागिर खानलाई आए जस्तै । काम्दै गरेका खुट्टालाई भित्ताको टेको लगाएर उभ्यायो । आकांक्षाहरु भने सपनाको आकाशमा
प्याराशुटमा कतै उडिरहेका थिए ।
“तिमी गलत ठाउँमा आएछौ यो आफुलाई हराउने ठाउँ हो भेट्टाउने होइन !” कला फेरि ऐना तिर लागी ।ऐनाले उसलाई घरी घरी जवाफ दिइरहनु पर्ने रहेछ उ कत्ति की पुर्ण देखिइरहेकी छे भनेर !
“हराउँदै नहराइ मान्छे कता बाट भेट्टिनु !”
कला हाँसी बत्ति निभ्यो उ बिस्तारै हरायो !!!!!!!!!!!!!!!!!!!!
********* ************* ************ *************** **********
“यो माया को हो?”
कलाको आवाज सुनियो ! कलाले मायालाई कसरि चिनि त ?कतै माया कला भेषमा त आइन उसको पछि पछि?आइमाई चिन्न गाह्रो हुन्छ चाहे त्यो कला होस या माया उनिहरु आफ्नो पहिचान लुकाउँछन् यो स्त्री जातिको प्राकृतिक आधारभुत गुण हो
“तिमीलाई मायाको नाम कसरी थाहा भयो ?
“तिमी भख्खर बर्बराउँदै थियौ त , माया र हराएको मुस्कानको बारेमा !”
कलाले स्पष्टिकरण दिई ।
उ टक्क अडियो । निभेको बत्ति बल्यो ।उसलाई त्यो उज्यालो मन परेन , अँध्यारो बरु उसलाई आफ्नो आफन्त लागेको थियो । कलाले पखालिएका रंगहरुलाइ पहिलेको ठाउँमा ल्याई ।फेरि उ त्यहि क्यानभासकै भएकी थिई ।क्यानभास उसको कर्म थलो थियो ।त्यहिँ उ आफूलाई पोत्दथि आफूलाई मेट्दथी । आफुलाई चाहे जस्तो स्वरुप दिन सक्नु कलाको खुबि थियो ।कलाको यहि खुबिले त उसको
क्यान्भासले बजार पाएको थियो ।
“तिमीले न मायालाई चिनेका रहेछौ न माया गरेका रहेछौ !”
“तिमी को हौ मेरो फैसला गर्ने ?”
“तिमी हराएको भनेको होइन मैले त तिमीलाई तिमी खोजिदिएकि मात्र हुँ !”
कला मुस्काई , उसको मुस्कान माया को जस्तै जस्तै थियो । बत्तिको प्रकाशमा उसले कलाको मुस्कान सँगै कलालाई नियाल्यो । मायाको अनुहार पो देखियो ,हो कलाको अनुहार परिवर्तन भएर मायाको बन्दै रहेछ । माया बहुरुपी हो । उ हरेक स्त्री भित्र छिर्न सक्छे । उसलाई पछ्याउँदै माया उ सँगै आएकी रहिछ ।यो पक्कै नै कलामा माया छिरेर कलालाई कुरुप बनाइराखेको हुनुपर्छ । अब के त ?
“तिमी यहाँ किन आएकी ?” उसले बल गरेर प्रश्न राख्यो ।
कला अट्टहास गरेर हाँसी ।ऐले सम्म सुनेको सबैभन्दा उच्च आवाजको हाँसो । उसको झन्कार प्रकट भयो ।
उ डरायो ।
“यो मान्छे मान्छे नै होइन ,यो नामर्द बौलाहा हो यस्ता मान्छे किन आउनु यी गल्लीहरुमा त्यसैले मैले भनेको यहाँ नयाँलाई आउन दिनु हुन्न पारखीहरु मात्र छिरुन भनेर । कसले छिरायो यसलाई ?”
उ लुसुक्क बाहिर निस्कियो ।रात भरी त घर जानु हुन्न । उ बाटोमा टहलिन थाल्यो ।गल्ली छोटो थियो ,बिस्तारै हिँडेर उसले तन्क्याउन खोज्यो । एकैछिन मा उ मुल सडक मा आइपुग्यो । मुल सडक मा बाटोलाई घुरेर हेर्दै गरेका ल्याम्प पोष्ट नियाल्यो प्रत्येक ल्याम्पोष्ट मा उसले दश मिनट बिताउन सक्यो र उ घर पुगुन्जेलसम्म बाटामा पचासवटा ल्याम्पपोष्ट भेट्टायो भने अ त्यो रात बाहिरै गुजार्न सक्नेछ भन्ने उसको ठम्याई थियो ।
क्रमश: