Posted by: lopchanlama March 18, 2009
बधाई प्रचन्ड
Login in to Rate this Post:     1       ?         Liked by
पर्दैन राम राज्य

पर्दैन जन्मिनु रामहरु
पर्दैन बन्न श्री कृष्ण
बस्
रावणहरु जन्मिएँ पुग्छ

लथालिंग भईसक्यो देश
कयौं राम बन्न खोजेर
लुटिएँ अस्तित्तो धेरै
कृष्ण लीला रोजेर
पर्दैन बनाउन अयोध्या
लंका बनाई दिए हुन्छ
पर्दैन जन्मिनु रामहरु
बस्
रावणहरु जन्मिए पुग्छ


धेरै देखें सिताहरु
लक्ष्मणको त के कुरा भो ?
फसिसक्यो देश भुमरिमा
हनुमानहरुको के काम भो
चाहिदैन राम राज्य
पर्दैन बनाउनु अयोध्या
लंका बनाईदिएँ हुन्छ
पर्दैन जन्मिनु रामहरु
बस्
रावणहरु जन्मिए पुग्छ

Read Full Discussion Thread for this article