Posted by: chipledhunga March 6, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

आँफैलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

जहाँ जाऊँ म लुटिन्छु सधैं आफन्तबाट ठगिन्छु म
बिना मोल तोल यसै जथाभावी बेचिन्छु म
टुहुरोको आँशु जस्तै सस्तो भयो जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

नटुसाउँदै ढली मर्छन् मेरा मनका इच्छाहरु
काँडै काँडा बिझेको छ मैले टेक्ने ठाउँहरु
बेवारीशे लाश जस्तै हेलाँ भयो जिन्दगी
कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।

ठुल्दाइ, के गर्नु भएको बिहानै अन्ती देखाएर? अफिस छुट्न झन्डै पौने आठ घण्टा बाँकी छ। सरकारी जागीर भएको भए पनि ३ बजे छुट्थ्यो।

जसले आज चिया नास्ताको ब्यवस्था गर्छ, उसको सप्ताहन्त एक्दमै रोमान्टिक हुन्छ रे है भनिदिएको छु अहिले नै। बाउचाले त फिनेल खन्याएको जस्तो देखिन्छ, भएन त्यस्तो त। 

 
Read Full Discussion Thread for this article