Posted by: lopchanlama December 24, 2008
बधाई प्रचन्ड
Login in to Rate this Post:     4       ?         Liked by

बधाई प्रचन्ड

 

बधाई प्रचन्ड

-परिवार बिदेश भ्रमण तिमीलाई

बधाई बाबुराम

सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई

 

धेरै आस्था

अनी

विश्वाश थियो

बाह्र बर्ष रगतको होली खेलेर

सत्तामा पुग्दा

नेपाल आमाले

लामो चैनको सुस्केर  हालेथ्यो

जनताले ढोल बजाएर

हर्सो-उल्लाश मनाएथ्यो

किन्तु

लोड्-सेडीङको झटारोले तर्सायौ

दश लाख भत्ताले ढाड सेकायौ

 

जंगल पसेर बन्ढुक पड्काउदा

सयौ घाइते भएथ्यो

आगनको डिलमा

सकेट बमहरु पड्काउदा

हजारौं शरीरहरु  क्षत - बिक्षत  भएथ्यो

सुकेका छैनन अझै  ति घाउहरु

पुरिएका छैनन ति  क्षत - बिक्षत शरीरहरु

 

बधाई प्रचन्ड

-परिवार बिदेश भ्रमण तिमीलाई

बधाई बाबुराम

सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई

 

 

 

एक्काइसौ  शताब्दीमा

लिन ठिङ -लिन ठिङ हिंडेको देश

उन्नाईसौ  शताब्दीमा पुरायो 

कलम समाउने हातहरुमा बन्दुक थमाई

नयाँ संबिधान कोर्ने कुरा गर्थ्यौ

खै कता हरायो? कता हरायो?

तितो यथार्थ हो या

कटु सत्य

बाह्र बर्ष गरीब जनताले

रगतको खोलो बगाएको

प्रचन्डलाई बिदेश  घुमाउन पो हो की?

रमाई-रमाई संबिधान सभामा भोट खसालेको

बाबुरामलाई ढुकुटी रित्याउन दिएको पो हो की?

 

बधाई प्रचन्ड

-परिवार बिदेश भ्रमण तिमीलाई

बधाई बाबुराम

सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई

 

 

Read Full Discussion Thread for this article