Posted by: bikash kc December 11, 2008
SAD BREAKING NEWS COMING FROM CHITWAN
Login in to Rate this Post:     0       ?        
समसामयिक
 
विद्यार्थी सवार बस दुर्घटना, १९ को मृत्यु
शान्ता अधिकारी
 

चितवन, मङ्सिर २६ गते । वनभोजका लागि बुटवलको फूलबारी पार्क पुगेर र्फकँदै गरेको

विद्यार्थी र शिक्षक चढेको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

भरतपुरको हिलबर्ड आवासीय माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी चढेको बस बिहीबार राती दुर्घटना हुँंदा २७ जनाको मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रकाश मल्लले १९ जनाको मात्रै पुष्टि गर्नुभएको छ । मृतकमध्ये एक शिक्षिकासहित १२ जनाको सनाखत भएको छ ।

मृतकहरूमा शिक्षिका अप्सरा बराल र विद्यार्थीहरू प्रवीना सुवेदी, एलिना, रिभी सुवेदी, प्रवेग सुवेदी, आकृति पाठक, दुर्गा पौडेल, सोनिसा गैरे, उचित सेढाईँ, वषर्ा देवकोटा, निकिता देवकोटा र दिब्या फुयाल रहेका छन् ।

प्रहरीका अनुसार ग.१ख १४५९ नम्बरको सो बस नवलपरासी जिल्ला मुकुन्दपुर गाविस-६ थुम्सी भन्ने ठाउँमा रहेको खरखरे पुलबाट ८ः४५ बजे तल खसेको थियो । बसमा ८५ जना सवार रहेको अनुमान गरिएको छ ।

पुलनजिक उभ्याएर राखिएको खर बोकेको ट्रयाक्टरको साइड लिएर अगाडि बढ्नेक्रममा बस दुर्घटना भएको जानकारी एक स्थानीय बासिन्दाले दिएका छन् ।

उद्धार गरिएका घाइतेहरूको चितवनका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

 
अन्य शीर्षक
संविधान संशोधित, उपनिर्वाचन गराउन बाटो खुला
परिणाममुखी बनाउने सहमति
मागियो गृहमन्त्रीको राजिनामा
किराँत वर्कर्ससँग अनौपचारिक वार्ता
विद्यार्थी सवार बस दुर्घटना, १९ को मृत्यु
विस्फोटक पदार्थसहित पाँच पक्राउ
छानबिन हुने भयो साल्ट ट्रेडिङको
कार्यकर्ता भेला 'सान्दार' सफल
बल्ल गठन भयो उच्चस्तरीय भूमिसुधार आयोग
व्यवसाय गरेर खाने विषय होइन मानवअधिकारः प्रचण्ड
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=11368&cat_id=14
Read Full Discussion Thread for this article