contd from the previous posting..
पहिलो, आसक्तिको आधार के हो ? यसमा mating instinct, libido जस्ता सर्वसाझा तत्वहरु र प्राकृतिक वा सांस्कृतिक कारकहरुले निर्माण गरेका वैयक्तिक (individual) चाख र स्वादका कुराहरु पर्दछन् भनेर सहजै अनुमान गर्न सकिईहालिन्छ । यसबारे यत्ति नै ।दोश्रो, माथि उल्लेखित त्रितत्वमा तहगत सम्बन्ध छ कि ? जस्तो कुन अगाडि आउँछ, कुन पछाडि आउँछ ? Passion लाई igniter को रुपमा र commitment र intimacy लाई fuel को रुपमा हेर्न सकिन्न ? Depends. जस्तो, कसैकसैको intimacy बाट शुरु भएर passion मा पुग्छ नि, हैन र ?
अर्को प्रश्न हो, प्रेमांशको हिसाबकिताबमा एकतर्फी साउँ (original) मात्रा र जवाफी (reciprocated) मात्रा । ती अलगअलग हुन्छन् र तीनको समिकरण सुत्र पनि फरक फरक हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ ।
*** *** *** *** *** *** *** ***
प्रेम ‘हुने’ (discovered ?) कुरा मात्र हो कि ‘गरिने’ (invented ?) कुरा पनि हो ?
एउटा pop doctrine ले त यसो भन्छ,
प्यार किया नही जाता, हो जाता है
दिल दिया नही जाता, खो जाता है
वास्तविकता के हो त ? वास्तविक दुनियाँमा ‘हुने प्रेम’ र ‘गरिने प्रेम’ सरोबर र अक्सर छुट्याउनै नसकिने गरी रहेको कुरामा शायद दुईमत नहोला । तर अब प्रश्न उठ्छ, कतै “हुने प्रेम” चाही साच्चीको प्रेम र “गरिने प्रेम” चाही ख्यालख्यालको प्रेम त होईन ?
यस विषयको आधिकारिक उत्तरको लागि शायद गोर्खेबाबाजीको शोधक्षेत्रमा जानुपर्छ ।
‘हुने प्रेम’ र ‘गरिने प्रेम’ को स्नायुरासायनिक mechanism मा अन्तर छ भने, अन्तर छ, छैन भने छैन ।
तर समस्या कहाँनेर देखिन्छ भने, ‘हुने प्रेम’ र ‘गरिने प्रेम’ भनेर पहिल्यै छुट्याउने कसरी ?
मैले भने नि वास्तविक दुनियाँमा त ‘हुने प्रेम’ र ‘गरिने प्रेम’ छुट्याउनै नसकिने
अवस्थामा (मिश्रणको रुपमा मात्र होईन duality को रुपमा समेत) रहेको हुन्छ जस्तो
मान्छु म ।
*** *** *** *** *** *** ***
गोर्खेबाबा उवाच:
प्रेम र माया को पनि cause छ् । प्रेम, affection , attraction जस्ता कुरा हरु
मान्छे र अरु non primate human मा चै तिनिहरु को cognitive ability ले गर्दा हो
किनभने यिनिहरु मा neocortex को volume ठुलो भएर हो । कारण - continuity of life र
बाँच्न को लागि हो । अब किन continuity of life हो चै म भन्न सक्दिन , its not my
field । जनवर मा पनि कारण एही हो । र primates र non primates मा हुने र
पत्तालागेको reward center stimulation भएर हुन्छ । र एउटा अनुसन्धान को finding म
भन्छु ।। १ बर्षा अगाडि हामी ले एउटा कुकुर म परिछ्यण् गरेका थियौ , जस्मा त्यो
कुकुर ले आफ्नो घर को male (he is caretaker ) सग चै कैले happy नहुने र टोक्ने
गर्थ्यो र female सग चै जैले happy र नटोक्ने गर्थ्यो , त्यो कुकुर लाई हामी ले
nasal spray गरेउ , oxytocin hormone को, पारीणम सकारत्मक् आयो । मैले भन्न खोजेको
चै क् भने लभ को scientific cause छ र अरु पनि धेरै अनुसन्धान ले प्रमाणित गर्दै छन
। र यो कुरा पनि खासै अचम्म र रहस्यमय् हो जस्तो लाग्दैन ।
*** *** *** *** *** *** *** ***
प्रेमेकालव्य उवाच:
प्रेम सम्बन्धी मामलाहरुमा हुँदै गरेका स्नायुशास्त्रिय र व्युहाणुशास्त्रिय (molecular) अनुसन्धानहरुले प्रेमका आधारभुत तत्व र स्वरुपको रहस्योदघाटन गर्दैछ नै, किन्तु समान्य जनका लागि प्रेमको मुल प्रश्न भने पनि, समस्या भने पनि, सौन्दर्य भने पनि के हो भने ती आधारभुत तत्वहरुले social context मा कसरी काम तमाम गर्छन् ।
जीवनलाई नै धन्य र आनन्दमय बनाईने प्रियतमलाई कहाँ पाउने, कसरी पाउने र कसरी नगुमाउने भन्ने सनातन चिन्ता र प्रश्नको जवाफ आधुनिक स्नायुशास्त्रले मात्र दिन पक्कै सक्दैन ।
स्नायुशास्त्र, मन-विज्ञान बाहेक प्रमाणपत्रविहिन प्रेम-गुरुहरुदेखि लिएर र हरेक मानिसको जीवन-अनुभवको उत्तिकै महत्व रहिरहनेछ अनन्तसम्म ।तपाईले ल्याउनुभएको जानकारीहरु चाखलाग्दा (र डरलाग्दा पनि) र informative छन् भन्नु बाहेक अर्थोक टिप्पणी गर्न मेरो क्षेत्रगत भिन्नता/सिमितताले दिदैन ।कुकुरमाथीको प्रयोग कति डरलाग्दो ! भरे मान्छेले पनि न्युरोकेमिकल अत्तर छर्केर मान्छेलाई लठ्याई प्रेम दुहुन थाले भने खत्तम भएन सभ्यता ?
Neocortex र reward center stimulation बारे जानकारीको लागि धन्यवाद । यस्तै
जानकारी थप्दै जानुहोला ।
मस्तिष्कमा प्रेमको कारखाना कहाँ छ र त्यसले कसरी काम गर्छ भन्ने कुरा विस्मयकारी हो । तर यी findings हरु भर्खर भर्खरका र सिमित भएका र मुख्य कुरा त प्रेममा biological मात्र होईन सामाजिक र सांस्कृतिक कच्चा पदार्थहरु र पूर्वसोधन समेत आवश्यक हुने कुरा स्वीकार गर्नै पर्दछ भन्छु म ।
*** *** *** *** *** ***
प्रेम भनेको कुरा सक्कली आसक्ति, दिने ईच्छा, माया पाउने लालसा, नपाईएला भन्ने पीर, पाएकोमा अपार आनन्द, कसैले खोस्न खोज्यो भने ईर्श्या, खोस्यो भने क्रोध र पीडा, सुरक्षा, विश्वास, प्रतिवद्धता जस्ता अनेक भावना र अवस्थाको मिश्रणबाट बनेको महाभावना हो ।
माया पाए पुरस्कृत भएको अपार आनन्द आउँछ, नपाए तिरस्कृत भएको ठूलो चोट लाग्छ । र यो पुरस्कारको चाहना र तिरस्कारको भय बिच हामीले जानी नजानी अनेकौं रणनीति र खेल खेलिरहेका हुन्छम् ।
*** *** *** *** *** ***
“प्रेम गरेर हुने हो र?”
प्रेम केही परेर हुने हो, केही गरेर हुने हो । यसमा दुवै कुरा हुन्छ ।
प्रेमका त्रितत्व भनेर चिनिने “आसक्ति”(passion), “घनिष्टता”(intimacy) र “प्रतिवद्धता” (commitment) मध्ये “आसक्ति” मूलत: आफै हुने (अर्थात् हाम्रो दिमागले हामीलाई थाहै नदिई गर्ने ) कुरा हो तापनि यसमा गर्नेले केही गरेर यसलाई केही manipulate गर्न सक्छन् । त्यसलाई त्यो हदसम्म “गरेर भएको” भन्दा हुन्छ ।
जहाँसम्म “घनिष्टता” र “प्रतिवद्धता” को कुरा छ यी दुवै मुलत: “गरेर हुने” कुरा हो, यद्यपि केही हदसम्म यो आफै हुने कुरा पनि हो ।
निस्कर्षमा, पूर्ण प्रेम (तीनै तत्व भएको) केही परेर हुने, केही गरेर हुने कुरा हो
।
अपूर्ण वा काल्पनिक प्रेमको कुरा बेग्लै हो ।
अस्तु
*** *** *** *** *** ***
Nepe