Posted by: Nepe September 17, 2008
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        

पण्डितज्यूले गीतको शब्दमा केही त्रुटीहरु गर्नुभएको रहेछ । त्यसलाई सच्याइर यहाँ राख्दैछु ।

 

यो मेरा समस्त सर्वप्रिय १० गीतहरु (यदि छान्नैपर्‍यो भने का कुरा नि) मध्येको एक हो, त्यही भएर त्रुटी देख्न नसकेको हुँ ।

 

 

मैले पुण्य मन पराएँ या पाप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मनपराएँ  

 

जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ

जब दागको रंगमा पनि टिका समाउन सक्छ

 

(समाउन = समाहित हुन)

 

नसोध मैले वरदान या श्राप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ  

 

तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ

हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ  

 

यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ

 

Nepe
Read Full Discussion Thread for this article