Posted by: Rahuldai July 25, 2008
किचकन्या को कथा !!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

किचकन्या को कथा

भाग २


किचकन्या, कींबदन्ति र कहावतहरु बारे मैले धेरै अगाडि लेखि सकेको छु। काठमाडौंका तान्त्रिक राजा प्रताप मल्ल र किचकन्याको कथा कींवदन्ति हो कि रानिपोखरी साक्षी हो अनुसंधान कै बिषय हुन सक्छ। किचकन्याको मूर्ति र पूजा बारे पनि लेखिसकेको छु। पढ्नुस् भाग १। http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=595

 

*********************************************************************************
त्यसो त किचकन्याहरुको कथा ब्यथा धेरै सुन्नमा पाइन्छ। कति सत्य हुन् कति मिथक्  लेखाजोखा छैन। काठमाडौं को टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनेको छु। तर आज यहाँ प्रामाणिक कथा भन्ने जमर्को गर्दै छु।

 

कथा १


नेवारहरुको दोस्रो ठुलो चाड, पहाँ चहरे ( पिचास् चतुर्दशि) अर्थात् घोडेजात्राको अघिल्लो दिन लाई मानिन्छ। बौद्ध र हिन्दु धर्मालम्बीहरुले निकै महत्वका साथ बैद्धिक बिधिपूर्बक यो चाड मनाउछन्।
हाम्रो टोलमा अझ भनुं हाम्रो चोकमा एक पीठको मन्दिर छ। पीठहरु शक्ति रुपी देबीको स्थल मानिन्छन्।  पहाँचह्रेको दिन त्यो पीठको बिषेश पूजा आजा गरी टोलका सबै दाजुभाइ मिली भोज खाने चलन अद्यापि छदै छ।  त्यो बिषेश पूजामा मन्दिरको छानो देखि खम्बाहरु  अनि मूर्तिहरु समेत् सुनको जलप भएको धातुको राख्ने गरिन्छ। उक्त सुनको सामाग्री कसले किन राखे भन्ने जिज्ञासा म मा सानै देखि थियो नै। पढ्ने लेख्न जान्ने भए पाछि मैले सुनको मन्दिरमा कोरिएको स्वर्णपत्र ( शिलापत्र, ताम्र पत्र भने जस्तै) पढ्ने कोशिश गरें। रन्जना लिपिमा लेखिएको भएकोले पढ्न मुश्किल भयो र पढ्न सकिएन।  कालन्तरमा अस्कल पढ्दा नेपाल भाषाको हावा पनि लाग्यो र रन्जना लिपि सिक्ने क्लास पनि लिएं। रन्जना लिपि पढ्न सक्ने भएसि फेरि त्यो स्वर्ण पत्र पढें।

 

त्यसमा लेखिएको रहेछ'" फलानो फलानो मितिमा म फलानोलाई गुथिबाट घर फर्कदैं गर्दा एक जना किचकन्याले पछ्याएको र ज्यान जोगाउन भाग्दा यस मन्दिरको शरणमा आएं र देबी माताले दुष्टबाट बचाइदिएको हुनाले स्वर्णमुलम्मा लगाइएको मन्दिर् चढाएं। "


पीठहरु को शक्ती ब्यास भित्र किचकन्याको प्रबेश संभव हुंदैन रे। मन्दिर् भएको चोकको प्रबेशद्वार भन्दा भित्र किचकन्या, भूत प्रेत पिचास आउदैन रे । सुनेको कथा अनुसार, उक्त किचकन्या पीडित पुर्खाले मन्दिरमा घोप्टो परि माता रक्षा गर भने पछि त्यहि दैलोबाट चोर् औला ठड्याएर तलाई पख भन्दै फर्किन् रे।

 


कथा २

यो कथा आज भन्दा ४२-४३ साल अघि को हो। २०२२-२३ साल तिरको हो। त्यति बेला अझ भनुं २०४०-४२ साल सम्मन् पनि गाइजात्रा पर्बको उपलक्षमा टोल टोलमा दबु प्याखं: ( नाटक) देखाइने गरिन्थ्यो। टोल को सार्बजनिक ठाउंमा मंच बनाएर ओर्केस्ट्रा सहितको नाटक ( एक हिसाबले फिलिम) देखाइन्थ्यो। प्राय जसो ती दबू प्याखं: हरु रातको ९-१० बजे तिर् सुरु भै १२ -१ बजे सकिन्थ्यो। हाम्रो टोलका एक बुज्रुक, त्यतिबेला १९-२० बर्षको लक्का तथा पक्का जवान हुनुहुन्थ्यो-प्रेम् दाई।

 

मनोरंजनको कुनै अन्य साधन नभएकोले त्यतिबेलाका युबाहरु आफ्नो टोल बाहेक अन्यत्र पनि प्याखं हेर्न जाने गर्थे। प्रेम दाइ पनि एक दिन जैसि देवलमा देखाउदै गरेको दबू प्याखं: हेर्न गएका थिए। फिल्म सकिंदा रातको २ बजे छ। फिल्म हेर्न जानु को संग संगै साइड बिजनेस् हुने गर्थ्यो, झ्याल , बार्दली का शोभाहरु। अर्थात् राम्री कन्याहरुको खोजी गर्ने नयनहरु साथ लिएर जान्थे नै। एुटा झ्यालमा आँखा जुधाउने ख्याल गर्दा गर्दै प्याखं: हेर्न आएकाहरुको भीड सुन्य भैसकेको थियो। घर जानु पर्‍यो भन्दै त्यहाबाट हतार हतार् पाइला बढाए। 

 

सुनसान् बाटोमा कुकुर् भुकेको आवाज मात्र सुनिन्थ्यो। प्रेम दाईको मन मा अनायसै चिसो परेछ, अलिकति डरले डेरा जमाएछ र झन् छिटो छिटो हिड्न थाले छ। चिकमुगल पुग्दा न पुग्दै एक् जना सुन्दरीले बोलाए जस्तो लाग्यो। पछडिफर्केर हेर्न पनि डरले सकेन प्रेम दाइ ले। फेरि बोलाएको स्पष्ट आवाज सुने पछि पछाडि हेर्दा एुटी अत्यन्तै सुन्दरी कन्या थी। राती हिड्न डर लागेकोले नर देबी सम्म पुर्‍याइदिन आग्रह गरिन। तर डरले काँपिरहेको प्रेम् दाइले त्यहाँसम्म त जाने होइन, गणेशस्थान सम्म भए संगै अौ भन्नुभए छ। र संग संगै १००-२०० गज जति के हिडेको थ्यो, प्रेम दाइ को नजर सुन्दरीको कुर्कुच्चा गएर ठोक्किए छ। नभन्दै कुर्कुच्चा पछाडी फर्किएको थियो। होस् गुमे पनि जोश गुम्न दिएन प्रेम दाइले।

 

हाम्रो चोक मरुको डबली बाट मुश्किलले २०० गजको थियो। उहाँले पनि त्यहि पीठको सुनको छानो को कथा सुन्नु भएको रहेछ र देबीले रक्षा गर्छे भन्दै एक सास्ले त्यहाँबाट कार्ल लुइस् को स्पीडमा सुइकुच्चा ठोके छ। किचकन्या पनि के कम, हातमा आएको शिकार फुत्किने भयो भन्दै प्रेमदाईलाइ लखेट्दै अै। पीठ भएको चोकको दैलोमा पुग्दा किचकन्याले डाइभ मारी समाउन खोजी र हातले प्रेम दाईको कुर्कुच्चा भेट्टाई।

 


तर प्रेम दाइ सकुशल त्यो लक्ष्मण रेखा पार गरी सुरक्षित स्थानमा पुग्नु भयो र ज्यान जोगाइ दिएकोमा देबीमाता प्रति अभारि हुनु भयो। तर कुर्कुच्चा चाहिँ गयो।
यो घट्नाले मंसिर मा बिहे हुने कार्यक्रम रोकियो। कुर्कुच्चाको घाउ बन्न समय लाग्यो र एक बर्ष पछि मात्र उहाँको बिहे भयो। प्रेम दाई अहिले पनि सक्रिय जीवन जीरहनु भएको छ। अझै ब्यापारमा अपार गर्दै हुनुहुन्छ। आफै गाडि चलाउन हुन्छ। नाति नातिनिहरु भैसके। अझै पनि प्रेम् दाइले गर्मि मा स्यान्डल लगाउदा नि मोजा लगाउने गर्नु हुन्छ। घायल कुर्कुच्चाको अबशेष अझै बाकी छ।

Last edited: 25-Jul-08 07:04 PM
Read Full Discussion Thread for this article