Posted by: dipika02 June 25, 2008
साझा - फाझा
Login in to Rate this Post:     0       ?        

"यो घटना मेरो दाई (cousin)र भाउजु को घरमा घटेको घटना। सिरिश दाई ले लेख्ने भएको देखेर एकदम हास उठ्यो अनी घर घर कि काहानी रहेछ भनेर share गर्न मन लाग्यो"

दा-------"बाबा चिया बनाउ न"


भाउजु---"पखन बाबा एक्छिन, यो खाली पाना को अन्तिम भाग आएछ  के


दा------- "खाली साझा साझा भनेकी छे, काम मा पनि त्यही साझा हेरेर बस्छे बुझिश तेरी भाउजु"


म------- (आँफैलाई भनेको हो कि भनेर अली झस्किदै) को ---भाउजु? होइन होला,काम मा फुर्सद पाउनु नि पर्‍यो नि? होइन भाउजु


भाउजु---- नानु हेरिस्यो फुर्सद त तेस्तइ हो तर क्रेजिको कथाले चै कुन दिन काम जाने भो मेरो, हजुर पढिसिन्छ साझाका कथाहरु?

म------ (अली डराउदै) मेरो त अकाउन्ट पनि छैन, पढ्दिन म किन पढ्न लायक का हुन्छन हो?
भाउजु----होइन नानु बानी नपारिस्यो, बानी परे पछी छोड्न गाह्रो हुदो रहेछ


म---- ( मनमनै त्यो त मलाई भन्दा बढी कस्लाई थाहा होला र) हो है? त्यही भएर म त जान्न त्यो साझा-फाझा
दा------ तेरी भाउजुको पनि बानी हटाउन पर्ने भा छ, हुनत लगाको मैले नै हो

म---- हजुर पनि हेरिसिन्छ दा  त्यसो भए?

भाउजु--- हेरिसिन्छ को कुरा नगरिस्यो नानु "-----" भनेको दा त हो नि साझामा

म------

 

Read Full Discussion Thread for this article