Posted by: shirish June 25, 2008
साझा - फाझा
Login in to Rate this Post:     0       ?        

चिया बनाई दे भन्छे अचेल ! 

तरकारी बसाएर डढेको नि सुषुम्नाले चाल पाउँदिनन् !

 मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ !

देग चल्दैन क्रेजी लभको कथा पढ्न थाले पछि ! 

क्या लेखेको है डायरीको खाली पानाबाट भनेको सुनेर मेरो कान पाक्न लागी सक्यो !
को मान्छे होला / होली भनेर मात्र सोधेर हैरान छ ! 

फेरि क्रेजीले अर्को लेखेको/ लेखेकी छ रे !

पक्कै चिन्या हुनु पर्छ तपाईले - भन्नु  न भन्नु भनेर हैरान पार्छे !

के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा ! 

बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको  !

मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !

Read Full Discussion Thread for this article