Posted by: shirish June 12, 2008
रोमान्टिक गजल
Login in to Rate this Post:     0       ?        

परिबर्तन सिक्न तिम्रा चाहना हेरे पुग्ने, 
नाहकमा अल्मलायो ईतिहासको पाठैले !

मीठाई मीठा रहेन, न गूलीयो पा-यो महैले   !

जिब्रोले अरु स्वाद बिर्सियो तिम्रा परिकारैले !

आज लुकौला, भोली लुकौला, कति दिन कंहा ?

हीरा हौ ! खोजेर भेटाई हाल्छन् कसै न कसैले !

 

भड्किएको आत्मा जस्तै चोट लागेको हुनु छैन

बाँच्न बाध्य बनाई रह्यो तिमी पाउने आशैले ! 

 

प्रभाबमा पर्नुको उदाहरण यस्तो पो हुनु -

भुतुक्क हुन राजी, तिम्रो नक्कली मूस्कानैले !

 



 

Read Full Discussion Thread for this article