Posted by: upendrajee May 31, 2008
माओवादी को गणित!
Login in to Rate this Post:     0       ?        
माओवादी अध्यक्ष प्रचण्डको राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने, जनगणतन्त्र ल्याउने र अक्टोबर क्रान्ति गर्ने भाषणलाई नेपाली कांग्रेस र एमालको नेताहरुले सहमतिको राजनीति बिपरितको भनाइ मानेका छन् । हिमालखबर डट कमसँग कुरा गर्दै ती नेताले प्रचण्ड र माओवादीका अर्का नेता डा. बाबुराम भट्टर्राईको अन्य दलले संविधानसभा चुनावको गणित नबुझेको दावीलाई पनि माओवादीले नै चुनावको गणित नबुझेको तथा गलत अर्थ लगाएको भने । जेठ १७ गते राजधानीमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान राखेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले हरेक दश जनामा तीन जनाले मात्र माओवादीलाई मत दिएको र सहमतिमा सरकार बनाउने हो भने माओवादीले आफूलाई मत नदिने सात जनाको चित्त बुझाउनुपर्ने पनि बताए । अक्टोबर क्रान्ति र कम्युनिष्ट गणतन्त्र ल्याउन माओवादीलाई जनताले मत नदिएको पनि रिजालको भनाइ थियो । 'सहमतिको सरकार बनाउने हो भने सहमतिमा आउनुपर्‍यो, होइन भने संविधानमा भएको ब्यवस्था अनुसार दुई तिहाई पुर्‍याउनु पर्‍यो' रिजालले भने । माओवादीको धम्कीले कोही नडराउने तथा शक्ति भए कम्युनिष्ट गणतन्त्र र अक्टुबर क्रान्ति गरे हुने पनि रिजालको भनाइ थियो ।

माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईको अन्य दलले चुनावको गणित नबुझेको भनाइको प्रतिवाद गर्दै एमाले केन्द्रीय सदस्य शंकर पोखरेलले चुनावको गणित माओवादीले नै नबुझेको उल्लेख गरे । आफूले तीस प्रतिशत मात्र मत पाएको पनि माओवादीले बुझ्नुपर्ने पोखरेलले बताए । अन्तरिम संविधान अनुसार सरकार गठन गर्न कि माओवादीले दुई तिहाई पुर्‍याउनु पर्‍यो कि भने सामान्य बहुमतले सरकार गठन गर्न सक्ने बनाउन संविधान संशोधन गर्न तयार हुनुपर्‍यो भन्ने पनि पोखरेलको भनाइ थियो । 'सडकबाट बिद्रोह गर्ने माओवादीको धम्की मात्र हो, माओवादी सुरुमा ठूलो कुरा गर्छ, अन्तमा न्युनतम बिन्दुमा सम्झौता गर्छ' पोखरेलले भने ।
Read Full Discussion Thread for this article