Posted by: upendrajee May 16, 2008
Oops ! YCL did it again
Login in to Rate this Post:     0       ?        

वाईसीएलप्रति आपत्तिका आधार

नेकपा -माओवादी) ले आफ्नो नेतृत्वमा सजिलै सरकार गठन हुने नदेखेपछि युवा कार्यकर्ताको संगठन -वाईसीएल) का आपराधिक गतिविधि फेरि तीव्र पारेको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्टर्ीीेपाली कांग्रेसले वाईसीएलको अर्धसैन्य संरचना भंग गर्नेसहितका सात र्सत आगामी सहकार्यका लागि प्रस्तुत गरेपछि त्यसको प्रतिक्रियामा माओवादीले आफ्नो मौलिक उपस्थितिबोध गराउन पुनः सक्रिय भएको देखिएको छ । सत्ताको नेतृत्व गर्ने उसको राजनीतिक र नैतिक अधिकार हो तर सहमतिको राजनीतिको अपरिहार्यता अस्वीकार गर्दै एकछत्र शासनको माग उसको त्यत्तिकै अराजनीतिक र अनैतिक प्रवृत्ति हो ।

वाईसीएलका ज्यादती हु“दाह“ुदै पनि सात दलीय गठबन्धन निर्वाचन कुनै पनि कारणले नरोक्ने निष्कर्षा पुगेको थियो । चर्को विरोध सामना गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) ले निर्वाचनअघिको एक साता वाईसीएललाई ँगान्धी बन्ने’ र्सार्वजनिक आह्वान गरेका थिए । ँम्यादी गान्धी’ का रूपमा केही दिन तिनले आफ्ना गतिविधि शिथिल पारेका हुन् । निर्वाचनबाट सबभन्दा ठूलो दल बन्न पुगेका प्रारम्भिक दिनमा उनीहरू विजयोत्सवमा केन्द्रित थिए । नेताहरू जिम्मेवार अभिव्यक्तिसाथ प्रस्तुत हुन थालेका थिए र तिनका युवा कार्यकर्ता पनि त्यसैअनुसार संयमित देखिएका थिए ।

आगामी सरकारको नेतृत्व गर्ने वैधानिक दाबी गरिरहेकै बेला अन्य दलहरूबाट सहकार्यका र्सत प्रस्टरूपमा आउन थालेपछि भने माओवादी विचलित देखिन थालेको छ । वाईसीएललाई एक वर्षा दस लाख युवाको संगठन बनाउने महत्त्वाकांक्षी योजनासाथ विस्तार गर्ने तर अन्य दलहरूको मागअनुसार विघटन नगर्ने रणनीतिमा प्रकट भएका छन् । वाईसीएललाई देशभरि शान्ति सुरक्षाको समानान्तर निकाय बनाउने माओवादी नीति आफैंमा आपत्तिजनक छ । यसले राज्य प्रशासनलाई आफ्नो प्रभावमा राख्ने, जनतालाई बन्दी बनाउने र अन्य दलहरूको अस्तित्व कमजोर पार्दै लग्ने उद्देश्य स्थापित गरिरहेको छ । यस्तो हु“दाहु“दै अन्य दलहरू उसको नेतृत्वको सरकार गठनका लागि सहज हुन सम्भव छैन ।

माओवादी संघीय लोकतान्त्रिक गणतन्त्र र राज्य पर्ुनर्संरचनाका नारासहित गरिब जनताको आशाको केन्द्र र परिवर्तनको प्रभावकारी माध्यम देखिन पुग्नु देशका लागि सकारात्मक राजनीतिक उपलब्धि हो । उसले आफ्ना नीति र व्यवहारमार्फ लोकप्रियता हासिल गर्नु र निर्वाचनबाट अनुमोदित हुन चाहनु स्वागतयोग्य राजनीतिक विकास हो । तर माओवादीले वाईसीएलमा आफ्नो ध्यान र्सवाधिक केन्द्रित गर्दा आफ्ना नीति र जनतामा लोकप्रियताप्रति आफैं विश्वस्त हुन नसकेको र निर्वाचनमा आफ्नो पक्षको जनलहरलाई कृत्रिम उपलब्धिका रूपमा बुझिरहेको देखिएको छ । निर्वाचनपछि ँयथास्थितिवादी’ दलहरूस“गै ँव्यावहारिक रूपमा उग्रवादी’ माओवादी पनि सुध्रिनु आवश्यक भएको अहिलेका घटनाले झन् सावित गरेका छन् ।

वाईसीएलबाट अन्य राजनीतिक दलका कार्यकर्ता, मतदाता, पेसाकर्मी र र्सवसाधारणमाथि कुटपिटको शृंखला बढ्दा माओवादी नेतृत्व भने उल्टै वाईसीएलका ज्यादतीलाई वैधता र राजनीतिक संरक्षण दिन खोजिरहेका छन् । प्रहरी प्रशासन निरीह भएको छ । दर्ुगम विद्यालयका शिक्षकहरूसमेत राजीनामा दिन बाध्य पारिएका छन् । त्यसभन्दा चिन्ताको विषय वाईसीएलबाट पीडित व्यक्तिहरू बोल्न डराइरहेका छन् । उजुरी प्रहरीकहा“ होइन वाईसीएल कार्यालयमा पर्ने क्रम बढेको छ । सुरक्षाका लागि वाईसीएलमा आश्रति हुनुपर्ने अवस्था सिर्जना हु“दै गएको छ । यसले माओवादीलाई लोकतान्त्रिक होइन अधिनायकवादी दलका रूपमा स्थापित गर्दै लग्नेछ । र त्यसबाट अन्य दललाई होइन माओवादी स्वयंलाई सबभन्दा क्षति पुग्नेछ ।

Read Full Discussion Thread for this article