Posted by: Rahuldai May 12, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        
रिट्ठे जी,
ज्ञान लाल र पाक:चा को फाइट त हुन्थ्यो नि बिचमा म पात्र न भएको भए। कथा रमाइलो बनाउन मसला  हाल्ने भए त कती हाल्न मिल्थ्यो, हलुचा, चिकंचा ( तेल) , आलु चा, आदी इत्यादी भिलेन र हिरो का साथीइहरु नि हुन्थ्यो नि। तर यो कथा नि सत्य कथा भएकोले बिना मसला पनि मिठासपूर्ण भए जस्तो मलाई चाँही लागेको छ है।

भउते काजी जी,
कथा मात्र ज्ञान लाल , कबिता सबिता को होइन। कथा तपाईंको पनि हो। सतिसाबित्रिको अभिनय र मोहजालमा फसाइएका अनेकौं ज्ञानलाल हरुको हो। ठीक गर्नु भयो, कुरा लाई निचोड मा पुर्‍याएर शान्तिको सास फेर्नु भयो। शायद ज्ञानलाल ले पनि त्यस्तै गर्ने हुन कि ?

नेपाल को छोरा जी,
सके सम्म छिटो यो कथालाई गन्तब्य मा पुर्‍याएर म नि शान्तिको सास फेर्ने प्रयासमा छु।

लहरे जी,
हो भने म न भएको भए, ज्ञान लाल को बाजा बज्थ्यो होला। बिचरा पाक: चा ठुलदाई संग अली डराउदो रहेछ।

दीपिका जी,
हो अब को आखिरी अंक मा ती नक्कचरी हरु को सम्मानित अवतरण गर्ने प्रयास मा छु।
 


   
Read Full Discussion Thread for this article