उपाध्यायज्यू,
विचार, तर्क र तथ्य को आधारमा भएको असहमतिलाई त म अभिवादन नै टक्र्याउँछु । यहाँ साझामा त तर्क त तथ्य भन्दा तरंग र कल्पनाको आधारमा हुने असहमति अधिक देख्छु म । त्यसैले यति कुरा भनिहालेको ।
अब जहासम्म मेरो कुरा छ, निश्चित रुपमा (प्रचण्डको नक्कल गर्न खोजेको के) मैले माओवादीको प्रभावलाई कम आँकेको रहेछु । त्यस्तै नेपाली जनताको निर्णायक निर्णयक्षमतालाई पनि मैले बुझ्न नसकेको रहेछु । त्यसैले चुनावबारे मेरो अनुमान गलत निक्ल्यो, यद्यपि अरुहरु भन्दा म कम गलत निक्लें ।
तर एउटा के कुरामा म सन्तुष्टी लिन सक्छु भने मैले माओवादी, एमाले र नेपाली कांग्रेसलाई जसरी तुलनात्मक रुपमा बुझेको थिएँ (MAOIST: Mixed bag, NC: Empty bag and UML: No bag), नेपाली जनताले पनि त्यसरी नै बुझेको हुनपर्छ । त्यो भन्दा थप ढंगले पनि बुझेको होला, तर न्यूनतममा त्यति बुझाई पर्नुपर्छ ।
जे भए पनि, यो चुनावको परिणामले हामीजस्ता कोठे विश्लेषकहरु कति ठूलो भ्रम र गलत सूचनामा बाँचिरहेका रहेछौं, बगिरहेका रहेछौं भन्ने कुरा चाही दिमागै रन्थनिने गरी छर्लङ्ग भयो ।
सत्य के हो त, सत्य के थियो त ? अब हामीले हाम्रा सारा पुराना निस्कर्ष, थ्यौरी र विश्वासमाथि पुनर्समिक्षा र करेक्सन गर्नुपर्ने भएको छ । त्यो नगरीकन हामी ठूलो भींडमा मिसिन हिड्यौं भने हामी अवसरवादी भयौं । त्यही सोचेर बसिरा’छु म त ।
तर बधाई त हकै हो तपाईको, बधाई छ ! तपाईको विश्वासलाई बधाई छ, माओवादीहरुको संघर्षलाई बधाई छ, र नेपाली जनताको निर्णायक निर्णयलाई बधाई छ ।
Nepe