Posted by: kanchho bhai April 15, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

मैले अगाडि बढेर कुरो नगरने ताल बुझिछन क्यारे आँफैले "अनी आफ्नो नाम चै के नि"भनेर सोधिन। मैले तुरुन्तै "कान्छो भाई" भन्या मात्र के थिए पछाडि बाट सुन्दरी हरु हामी सँग introduction गरे चै पाप लाग्छ कि के होउ, कुसुम सँग मात्रै कुसुमे रुमाल साट्नि?" " भन्न थाले। पाये त तिमीहरु सबै लाई लान्छु नि, भनम जस्तो नलाग्या नि कहाँ हो र, भन्न मिलेन। बातावरण निकै रमाइलो हुँदै थियो, बानेस्वोर अाइपुगिसकेछ। कती छिटो आको हो? हिजो-अस्ती त कहिले आउला जस्तो हुन्थ्यो, आज त उर्बशी हरु को बिचमा केही होशै भएन रहेछ।

 "ए कुसुम जाने होइन? कि बसिरनी मन छ?" भनेर एयटी कराइ। उनिहरु बानेस्वोर मै ओर्लिने कुरो मैले बुझे, कस्तो नरमैलो भएर आयो। कुसुम ले मेरो अनुहार म हेर्दाइ "जाने हो तिमी नि? " भनेर सोधी। "जाने नि, तिम्ले बोलएपछी त" भनियो भन्नलाई  त, तर कहाँ जानी चै अझै बुझेको थिएन मैले। जिन्दगीमा पहिलो पल्ट एस्ती उर्बशिले जाम भनेको, त्एस माथि मुस्कानका साथ, जानै पर्‍यो नि भन्ने सोचे।

  उस्का सङिनी हरु अघी लागे, म निस्केर कुसुम लाई बाटो छोडिदे, अनी उस्कै पछी हिंडे। केटी हरु अली पर उभेका रहेछन, अब कुसुम को र मेरो भाडा तिर्न पर्‍यो भन्ने सोचेर पैसा दिन्छु त खलासी त “उ त्यो दिदी हरु को नि तपाईंले दिने भनेको भन्दै हुनुहुन्थ्यो” भन्छ त? भो कि? चुना लगाइ हाले नि मोरिहरुले। अब नदिम नि कसरी, दिम नि कसरी पर्‍यो मलाई। कुसुम को अगाडि इज्जत राख्न भए नि दिनै पर्‍यो भन्ने सोचेर तिरे सबै को भाडा, मुटुमा गाठो पारेर। फेरी ID Card नि बोकेक रहेनछन नक्कली हरुले, नत्र त अलिअकती भए नि discount पाएन्थ्यो नि। भाडा तिरेर एसो हेर्छु त, केटी हरु त उ पर पुगिसकेछन, ल ठिकै छ, अब चै कुसुम सँग मज्जाले गफ गर्न पर्‍यो भनेर एसो कुसुम लाई हेर्छु त मैले त तोरिको फूल देखिहाले नि। कुसुम त एउटा बाईक मा केटा सँग लपक्कै टसिएर बसिसकिछे। म त जिल्लाराम। के बोल्नी, के भन्नि भो मलाई त। कुसुम गई बाइ बाइ गर्दै, modify गर्या बाईक त राम्रै थिओ, के गर्नु, बाईक नि अर्काको, बाईक वाली नि अर्काको।।

  तरुनी हरुले मलाई नराम्रो सँग झुलाए। अब आफु कहाँ रत्नपार्क जानु पर्ने मान्छे, बानेस्वोर मै ओर्लियो केटी भनेर, अब अहिले केटी नि नाइ, पैसो नि झ्वाम । “केटाकेटी आए, गुलेली खेलाये, मट्याङ्रा मात्र सत्यानास” भन्थे गोबिन्दया हजुरबाउ, आज मज्जाले चाखियो।

   एक्छिन्मै अर्को माईक्रो आयो, परै बाट "रत्नपार्क रत्नपार्क" भन्दै। तेस्मै जानु पर्ला भनेर यसो हेर्छु त एक हुल ठिटिहरु बसेका रहेछन। “तुम्बाले थुतुनो पोलेको भौते बियर नि फु गरेर खान्छ” भन्या जस्तो, मनै झसँग भो, पाइला नै अगाडि बढेन। "दाइ आउनुस्न! म मिलाएर राख्छु" भन्दै थियो भन्नलाई त खलासी तर अब नि मिलेर बस्न मन लागेन मलाई, अर्को माईक्रो कुर्दे, यसै ढिला उसै ढिला!

Read Full Discussion Thread for this article