Posted by: chanaa_tarkaari April 8, 2008
चुनावको चर्चा र मेरो भोट
Login in to Rate this Post:     0       ?        

राहुलदाजु,

-'चना जी ले भारतीय आशिर्बाद प्राप्त नहुंदा गणेश मान र बी पी ले राष्ट्रिय मेलमिलाप नीती अख्तियार गर्नु पर्‍यो लेख्नु भएको रैछ, त्यो बिलकुल गलत हो। --- भारतीय आशिर्बाद त राजा माथि थियो, प्रजातान्त्रिक शक्ती माझ होइन।'-

मलाइ लाग्छ मेरो लेखाइ तपाइको बुझाइसित विलकुल मेल खान्छ । भारतीय आशीर्वाद राजामाथि भएर नै तात्कालीन समयका विद्रोही नेता बीपी गणेशमानहरुले राजासितको द्वन्दलाइ त्यागेर मेलमिलापको नीति लिनु परेको हो, र विगतको यो उदाहरणको आडमा अहिलेको पुस्ताका नेताहरु पनि बलियो बिदेशी भरथेग विना आफ्नै बलबुताले पुनर्द्वन्दतर्फ लम्केर राजनीतिक विजय हासिल गर्ने क्षमता राख्तैनन भन्न खोजेको हो मैले ।

Maverick ब्रो,

पार्टीलाइ छान्ने र ब्यक्तिलाइ छान्ने दुइकिसिमको भोट हाल्न पाइने छ अहिले, त्यहि भएर अहिले मन परेको ब्यक्ति र मन परेको पार्टी फरक फरक भएपनि भोट हाल्न अप्ठेरो नपर्ने अवस्था छ । माथिको मेरो रोजाइ ब्यक्तिलाइ रोजेको अवस्था हो, पार्टिलाइ रोज्ने सवालमा म अनिर्णित छु । ब्यक्ति खराव पार्टी (वा भनौ नीति) राम्रो , पार्टी  खराब ब्यक्ति राम्रो, जस्ता कुराले मलाइ कन्फ्युज गराउँछ । यदि भोट हाल्न पाउने भए तपाइको विश्लेषणले केहि सहयोग चै गर्ने थियो होला ।

नेपे दाजि,

पेलेको पेलेइ गरेको चै हैन है, थोरै चित्त नबुझ्या कुरो कोट्याउदै बसेको मात्तै हो । अनि, माओबादीको ४० वुँदाबाट तपाइले साभार गर्नु भएको वुँदा मध्ये २० नं र २६ नं मा उल्लेख गरेको autonomy को आशयलाइ छोड्ने हो भने वाँकि मुद्दाहरु पहिला देखि उठीरहेका मुद्दाहरु  नै हुन, माओबादीले पनि उठाए भन्न मिल्ला । जस्तै भाषा, धर्म, जाति, लिङ्ग, र विकेन्द्रीकरणका मागहरु एमालेको २७ बुँदाहरु (आलोचनात्मक समर्थन गर्दाताकातिरकै) मा पनि थियो,  कार्यान्वयन नगरेपनि महिला अधिकारसम्बन्धि पञ्चायतकालीन नीतिहरु पनि तात्कालीन समाजसामु प्रगतिशील एजेण्डा नै थिए । तर माओबादि बाहेक अरुले जातीय स्वायत्तताको कुरो गरेको मेरो संम्झनामा छैन । स्थानिय स्वायत्तताको कुरो बिकेन्द्रीकरणको नारासंग जोडेर एमालेले एकाधपल्ट उल्लेख गरेको थियो ।  माओबादीले उठाएको स्वायत्तताको माग (२० नं र २६ नं) पनि परस्पर बाझिएको देखिन्छ, किन कि स्थानीय स्वायत्तता र जातीय स्वायत्तता नेपालजस्तो मिश्रीत समाजमा एकैपल्ट लागू हुन सक्तैन । शायद मुल माग नेपालीबाट अंग्रेजिमा उल्था गर्दा केहि फरक पर्न गएको पो हो कि ? अन्यथा परस्पर बाझिने माग गर्नु भनेको हचुवा वा विना पर्याप्त तैयारी माग उठाएर राजनीतिक च्याँखे थापेका भनी अर्थ्याउन मिल्छ, त्यस्तो नीति वा मागलाइ बैचारीक स्पष्टतासाथ प्रतिवद्ध भएर उठान गरिएको भन्न मिल्दैन । मलाइ लाग्छ जनयुद्ध शुरु गर्दा ताका साना निकायहरुले वढी अधिकार सहितको आंशिक स्वायत्तता खोजेको घटनाहरुबाट प्रभावित भएर स्वायत्तता शब्दलाइ समावेश गरेको हुन सक्छ । यस्तो अवस्थामा संघियता, समावेशी भावनालाइ मोटामोटी शब्दमा समेटेको भनेर तर्क गर्न मिल्ला तर समावेशी र संघियताको प्रवर्तक नै माओबादी हो भन्न चै नमिल्ला । सारमा मेरो मत समाबेशी, संघीयता र संविधान सभा जस्ता हालका यी जल्दोबल्दो मुद्दाका प्रवर्तक माओबादी हैनन भन्ने मात्रै हो ।

Read Full Discussion Thread for this article