Posted by: Rahuldai April 7, 2008
चुनावको चर्चा र मेरो भोट
Login in to Rate this Post:     0       ?        

 राजनैतीक बहस साझा भित्र अस्वस्थ हुंदै गएको परिप्रेक्षमा टिप्पणी गर्न मन लागेको थिएन। तर पनि निकै चाख लाग्दो बहस मा आफ्नो सानो भनाइ राख्न खोजेको छु।

 
संबिधान सभा ७ साल को पहिलो जनक्रान्तिको माग थियो। स्पष्टत नेपाली कांग्रेसको माग थियो। राजा त्रिभुवनले प्रजातन्त्र पछी को पहिलो सम्बोधनमा १ साल भित्र संबिधान सभा को चुनाव गराउने र चुनिएका जनप्रतिनिधिहरुद्वारा बनाइएको संबिधान मार्फत देश चलाऊने उद्घोष गरेका थिए। त्रिभुवनले पनि चुनाव गराएन। त्यती बेला राणाको चेपुआमा परेको राजा भएकोले पनि सहानुभूति राजामै थियो र पनि कुन अभिष्ट हुने त्रासले चुनाव गराएनन। त्यस्का चम्बू छोराले त झनै चाहने कुरा भएन। आफुले दिएको संबिधान मार्फत चुनाव गराउदा त जन निर्बाचित सरकार लाई १८ महिना टिक्न दिएनन। राजा कहिलेइ प्रजातन्त्रबादी हुन सक्दैन भन्ने उदाहरण को लागि त्यसपछिका घट्नाक्रम हरु पनि साक्षी छन।

चना जी ले भारतीय आशिर्बाद प्राप्त नहुंदा गणेश मान र बी पी ले राष्ट्रिय मेलमिलाप नीती अख्तियार गर्नु पर्‍यो लेख्नु भएको रैछ, त्यो बिलकुल गलत हो।  राजा बीरेन्द्र र इन्दिरा गाँधी मिलेर प्रजातन्त्रको लागि संघर्षत पार्टिका नेता तथा कार्यकर्तालाई नेपाल संग जोडीएको भारतीय भूमिबाट कुनै कृयाकलाप गर्न न दिने निती लिए पछी तमिलनाडु र केरलामा निर्बासनमा बसेर नेपाली जनता र माटो संग टाढा रहेर क्रान्तिको कुनै बिज रोप्न सकिन्न भन्ने ठहर् का साथ राष्ट्रिय मेला मिलाप निती अपनाउनु भएको थियो।  बी पी गणेश मान लगायत सबैलाई थाहा थियो, नेपाल को भूमिमा प्रबेश गर्ने बित्तिकै जेल चलान गरिएको सत्य भुल्नु भएन। भारतीय आशिर्बाद त राजा माथि थियो, प्रजातान्त्रिक शक्ती माझ होइन।

जे जती तर्क गरे पनि, कुन पार्टी ले के भने भन्ने कुरा भन्दा समग्रमा  संबिधान सभाको चुनाव हुनु महत्वपूर्ण कुरा जस्तो लाग्दछ। चुनाव लडे पछी जित हार हुन्छ भन्ने थाहा नहुने ले चुनाव लड्नु बेकार हुन्छ। चुनाव हुँदै छ, बन्दूक को नाल बाट मात्र क्रान्ति हुन्छ भन्ने अन्धो पाठ पढेकाहरु समेत् चुनावमा भाग लिइ रहेका छन। भले तिनले लाठी र खुकुरी बोक्न छोडेनन। द्वन्दको अबसान मसान जस्तो हुँदैन। यो त क्रमश: को धाराबाहिक सेरियल हो।
अस्तु!

Read Full Discussion Thread for this article