Posted by: crazy_love February 26, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        

Contd................

"हेर, पहिलो कुरा टुरिस्ट भयेर मन्दिर आको होइन। येहीँको बासिन्दा जस्तै हुँ केही बर्स। अर्को कुरा पैसा तिरेर धर्म गर्ने कुरामा बिस्वास गर्दिन। तिमी पनि हेर्दा येस्तो फतौरे जस्तो लाग्दैनौ नि। आज तिमीले धेरै बोलीसक्यौ। अब १५ मिनेटलाइ मलाइ एक्लै छोडिदेउ, प्लिज।" तेति भनेपछि जुरुक्क उठेर हिड्यो।

अहिले पो मेरो ध्यान उ तिर गयो। भिक्षु पो रहेछ। अघिसम्म मैले उस्को अनुहार मात्र हेरेकी थें। अहिले उसले पहेंलो कपडा  बेरेको देखें। कस्तो कलिलै देखिन्छ। २० नाघ्यो की नाघेन जस्तो। यो भन्दा पहिले मैले उसलाइ कहिले देखेकी छैन। यो देशमा बच्चा देखि  बुढासम्म कोहि पनि बाटोमा अथवा मन्दिरमा भिक्षु भएर हिंडेको जहिं पनि देखिन सकिन्छ। कोहि केहि दिनको लागी कोहि जिबनभरको लागी। बुद्ध हाम्रो देशमा जन्मेका थिए तर उनलाइ हामीले भन्दा बढी अरुले पो चिनेका रहेछन्। सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम  मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "" का तरङहरु झन्क्रित हुन थाले।

"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन" लामो सुस्केरा हाल्दै फेरि छेउमा आइसकेछ।

मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको।

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"

 

क्रमश:..........................................अर्को भाग छिट्टै आँउदैछ.

Last edited: 26-Feb-08 09:47 AM
Last edited: 26-Feb-08 10:51 AM
Read Full Discussion Thread for this article