Posted by: shirish February 23, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

गजलको बहार

वसन्ती बास्तोला

साइबर क्याफेमा एक दिन मेरो मन हरायो

लुकाई राखेको थिए“ एउटा धन हरायो ।

बुढ्यौलीमा टेक्दै गरेका साहित्यकार सरुभक्तको मन साइबर क्याफेमा हराएपछि तन्नेरी पुस्तालाई कस्तो अनुभूति भयो होला - उनको गजल सुनेपछि सिर्जना धमलाले भनिन्- 'मेरोमात्रै होला भनेको त सरुभक्तको मन पनि साइबरमा हराएछ ।' कस्तो अचम्म सरुभक्त वास्तविक जीवनमा साइबर क्याफेभित्र पसेकै रहेनछन् । भन्छन्, 'म त साइबर क्याफे छिरेकै छैन ।' साहित्यिक कार्यक्रममा गजलकार अनुराग अधिकारी थक् थक् मानिरहेका थिए- 'मैले लेख्नुपर्ने गजल सरुभक्त दाइले पो लेखिदिनु भएछ ।'

साइबर नछिरेका सरुभक्तले क्याफेमा बहकिएका युवाको मनका भाका कहा“बाट टिपे होलान् - पुस्तक पागलबस्तीबाट मदन पुरस्कार प्राप्त सरुभक्तको मन ३५ औं कृति 'साइबर क्याफेमा एकदिन' मार्फ गजलमय भएको छ ।

अब एकछिन लागौं स्रष्टा प्रकट पगेनी 'शिव' तिर । गम्भीर गीतकारका रूपमा चिनिएका पगेनीले यतिबेला रोमान्टिक गजलकारको छवि बनाएका छन् । गएको पुसयता राजधानीमा मात्रै दर्ुइ-दर्ुइपटक पारखीलाई उनले टिकटमा रोमान्टिक गजल सुनाइसकेका छन् । र, गजल सन्ध्याको आयोजनामा आज पोखरामा उनको एकल गजल वाचन कार्यक्रमको तेस्रो शृङ्खला 'प्रणयमा प्रकट दाइ' हु“दैछ । उनका गजल गुरु

हुन् सन्ध्याका अध्यक्ष

दीपक समीप ।

शनिबारको दिन । मन परेको मान्छेस“ग डेटिङ जानुपर्ने समयमा प्रकाश ज्ञवाली गजल सुनाउ“दै थिए । भुवन छेत्रीले गाएको गजलको धुन उनले आफ्नो मोबाइलमा राखेका छन् । डेटिङ छोडेर किन बूढापाकास“ग साहित्यिक जमघटमा त - प्रेमिका नभएरचाहि“ नभन्नुस है - उनका त अनेक रूपरंग भएका प्रेमिका छन्- कल्पनाको बगैंचामा ।

यतिबेला पोखरा गजलमय बनेको छ । साना प्रकाश, सफल घिमिरे, दीपा रेग्मी, सुषमा पौडेलदेखिर् इश्वरमणि अधिकारी, दिलीप दोषी, तर्ीथ श्रेष्ठ र सरुभक्तसम्मको जमघट हुन्छ प्रत्येक शनिबार । कुनै बेला सरुभक्त, पगेनी र श्रेष्ठका अगाडि रचना सुनाउन पाइन्छ भन्ने खुसीस“गै डरले खुट्टा काम्थ्यो विजय पौडेलको । समय कति छिट्टै फेरिएछ । आज उनकै गजल सुन्नेहरू भुतुक्कै हुन्छन्-

तिमी उस्तै रुवाउने, रुने उस्तै म

फुललाई पापी हातले, छुने उस्तै म ।

वरिष्ठ र कनिष्ठबीचको सा“घु बनेको छ गजल । केही समयपहिला लामो कपाल पालेका प्रायः कोट-पाइन्टमा सजिने गम्भीर मुद्रा भएका सरुभक्तस“ग बाटोमा आ“खा जुद्धासमेत खुट्टा कमाउने युवा आजभोलि सोधिरहेका हुन्छन्- 'सरुदाइ तपार्इंले किन बिहे नगर्नुभएको नि -'

गजलले पोखरामा फाटेका थुप्रै मन जोडेको छ । साना र ठूला बीचको मात्रै होइन, लेखक र श्रोताबीचको सा“घु पनि बनेको छ । साथी साथी पनि आजभोलि मोबाइलमा सस्ता हिन्दी र अंग्रेजी सायरी छाडेर गजलको एक शेर पठाउ“छन् ।

अनयासै विपत्तिको लाम लाग्न सक्छ

जतन गर मेरो माया काम लाग्न सक्छ ।

यसरी मोबाइलमा गजलको शेर साट्ने शान्ति बन्दना पौडेल भन्छिन्, 'मनको भावना साट्ने मर्यादित तरिका हो गजल ।'

गजल लेखनमै जुटिरेहका छन् अल्पज्ञानी पनि । किन यत्रो गजल मोह - गजल सन्ध्याका सचिव रूपेन्द्र प्रभावी कटु भन्छन् 'गजल थोरै शब्दमा धेरै कुरा भन्न सकिने गोलीजस्तै भएकाले ।'

गजलमा छाडापन भित्रिएको भन्नेहरू पनि छन् । भुवन क्षेत्रीको जवाफ- 'छाडापन हर्ेर्ने दृष्टिकोणमा भर पर्छ । स्यालले अङ्गुर टिपेर खान नसकेपछि अङ्गुर अमिलो छ भनेर छोडेजस्तै भयो यो त ।'

पोखरा गजल फूलबारी बनेको छ । यतिबेला माधव वियोगी, लक्ष्मण थापा, कमल अथक, जनार्दन दाहाल, कृष्ण उदासी, नितेशराज रेग्मी, सरस्वती श्रेष्ठ सरु, आरजु विष्ट सल्यानी जमुना वषर्ा, गणेश शर्मा, वसन्त विवोद, लक्ष्मीनारायण देवकोटा, कपिल शर्मालगायत थुप्रै गजलकार सक्रिय छन् ।

यो सुन्दर पर्यटकीय सहरमा गजलका १० वटा संग्रह प्रकाशित भइसकेका छन् । छापिनेक्रम बढ्दो छ । पुराना गजलकार तर्ीथ श्रेष्ठको अनुभव छ- सलल बग्ने र्स्पर्श क्षमता र लोकभाकामा टिप्ने विषेशताले पनि गजल बढी लेखिएको हो ।'

Read Full Discussion Thread for this article