Posted by: Gautam B. February 20, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

गुरुहरुको सल्लाह-सुझाव शिरोपर छ!
यसै मेसोमा अर्को एउटा 'तितो' पनि पोखिहालौं। 


दिन्छु भन्ने, माग्न लायकै छैन
माग्ने हो! दिने त आएकै छैन!


"गोल!" भन्दै उफ्रिरहेछन् कोहि,
रेफ्रीले बल चलाएकै छैन!


घर बाल्ने तयारी गरिसके
जग अझै ओभाएकै छैन


मेरा जवाफहरु बेच्दै छौ रे
मैले प्रश्नपत्र पाएकै छैन!



 

खासमा, सबैभन्दा पूछारको शेर दुई-तीन महिनादेखि बोकेर हिँडिरहेको थिएँ।'गजल बन्न नसकेका शेरहरु' 

भनेर यो र अरु केहि टुक्राहरु टाँस्दिऊँ भन्ने सूर पनि नचलेको हैन, तर कोशिश गरिहेरौं एकबाजी 

भनेर अलिक तानतुन पारेको छु त्यसैको सन्देशलाई। 

Read Full Discussion Thread for this article