Posted by: parikalpana February 1, 2008
Login in to Rate this Post:
0
?
म छाल हुं किनारा मा बांधिन सक्तिन
म बेग हुं बिस्तारै बग्न् सक्तिन
बदल्न सक्छौ भने प्रयास गर
म स्वयंम मा छु कसैमा आश्रित हुन सक्तिन।
म किरण हुं अन्धकार मा लुक्न सक्तिन
म भोली हुं हिजो मा अटाउन सक्तिन
छेक्न सक्छौ भने प्रयास गर
म बिहानी मा छु सांझ मा रमाउन सक्तिन।