Posted by: PallaGhareAntare January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

पोखिएर घामको झुल्का भरि सँघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है
खोलुँ खोलुँ लाग्छ है
सयपत्रि फूलसँगै फक्रि आँगनमा
बतासको भाका टिपि बोलुँ बोलुँ लाग्छ है
बोलुँ बोलुँ लाग्छ है।

जदौ मंगलबारे बिहानीको।

भउते क्या हो ब्यान ब्यानै? निंद परेन जस्तो छ नि? यस्तै हो जवानीमा। हाम्रो झैँ उमेर ढल्के पछि थाहा पाउलाउ।

थुल्ननी चिया पिउँदै हो? ल मैले दर्शन फर्काएँ अहिले नै।

अरुनि सबैलाई नमस्कार। दिन शुभ रहोस। भरे भेटम्ला।

Read Full Discussion Thread for this article