Posted by: भउते December 19, 2007
मन नलागेको गजल
Login in to Rate this Post:     0       ?        

तिम्रा स्पर्श  पाएका यी  हात  धुन  मन  लागेन !
गजबको मिसरा छ।

ए गुरु ! मेरो सम्झनामा हजुरको नाम सँग एउटा शेर गाँसिएर रहने भो।

बेरी सिङ्गै निल्नु भन्दा बरु डस्नु घरी घरी

बिष कै भए पनि स्वाद पाउँथेँ अलि अलि

यो शेर आफ्नो क्षत्रमा

दु:खीको घरमा मात्र तेरो बास हुने भए

हे ईश्वर दया राखी मलाई अझ दु:ख दे

अनि,

उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर

फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र

को हारा-हारी छ। गुरुको अनुमति पाए त्यो शेरलाई ठुला ठूला अक्षरमा प्रिन्ट गरेर कोठाको भित्तामा टाँसेरै राख्ने थिएँ।

अँ साच्ची, मिलेछ भने नयाँबर्षमा गुरुको गामतिर नि झुलुक्क छिर्ने कार्यक्रम छ। दर्शन पाउन पाए आभारी हुने थिएँ के रे।

Read Full Discussion Thread for this article