Posted by: dipika02 December 10, 2007
भिनाजु को जुत्ता
Login in to Rate this Post:     0       ?        

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM
Read Full Discussion Thread for this article