Posted by: shirish December 10, 2007
मन नलागेको गजल
Login in to Rate this Post:     0       ?        

निर्माणाधीन गजल ---

 

 

नआउने तिमीलाई लाख बोलाउन मन लागेन !

आंगनमा रातभरि पर्खेको जून छुन मन लागेन !

 

जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें

तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन !

 

नंया तिम्रा ज्यादती नंया तरीका सिकेर सहें

तिम्रो आनन्दमा घात होला भनि रुन मन लागेन !

 

तिमी आउने र म जाने साईत जुरेछ एकै बेला

बिछोडको समय झल्को ल्याउने सगुन मन लागेन !

 

कल्पनामा अनुभव गर्न सक्छन् तिम्रो सुबास

म फुले पनि आंखै नलाग्ने फूल हुन मन लागेन !

Read Full Discussion Thread for this article