Posted by: shirish November 4, 2007
Nepal is a republic now - the house adopts the motion
Login in to Rate this Post:     0       ?        
संसदवाट गणतन्त्रको प्रस्ताव पारित

नेपालीपोष्ट प्रतिनिधि

काठमाडौं, नोभेम्बर ४

अन्ततः नेकपा एमाले र माओवादीका वीच सहमति भएपछि वहुमतका आधारमा ब्यवस्थापिका संसदको आजको वैठकवाट नेपाल राज्यलाइ संघीय लोकतान्त्रीक गणतन्त्र राज्य घोषणा गरियोस भन्ने प्रस्ताव पारित भएको छ ।

माओवादीले नेपाललाइ संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा गरियोस भन्ने प्रस्तावलाइ एमालेले भाषा फरक पार्दै संसोधन पेश गरेको थियो । प्रस्तावक रहेका कृष्णवहादुर महराले आशय मिलेको र न्यूनतम सहमतिका लागि भएपनि आफ्नो मुल प्रस्ताव फिर्ता लिएर एमालेका रघुजी पन्तको प्रस्तावलाइ समर्थन गर्ने निर्णय सुनाउनुभएको थियो ।

त्यसपछि वाम मोर्चाका सीपी मैनालीले आफुहरु गणतन्त्रवादी भएपनि वामदल र प्रजातान्त्रीक शक्तिवीच ध्रुवीकरण हुन नदिने पक्षमा भएको र दुवैको सहकार्य हुन जरुरी रहेकाले कुनैपनि प्रस्तावमा मतदान गर्न नसक्ने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका महेश आचार्यले आफुहरु गणतन्त्रवादी भएको र महासमितिले पनि निर्णय गरिसकेको आफ्नो गणतन्त्रप्रतिको प्रतिवद्धतामा संका नगर्न आम जनतालाइ आग्रह गर्नभयो । साथै उहाँले गणतन्त्र जस्तो महत्वपूर्ण निर्णय जनताले गर्न पाउनुपर्ने भन्दै दुवै प्रस्तावको विपक्षमा मत हाल्ने वताउनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्यले प्रस्तावमा संघीय शब्द रहेको र संघीयताले मुलुक टुक्रिने भएकाले प्रस्तावको विपक्षमा मत हाल्ने जानकारी गराउनुभयो । यसैगरी जनमोर्चा नेपालका लीलामणि पोखरेलले प्रस्तावको पक्षमा मतदान गर्ने वताउनुभयो ।

रघुजी पन्तले प्रस्ताव गरेकामा वुहुमतले हुन्छ भनेकाले त्यो पारित भएको सभामुखले घोषणा गर्नुभयो । संसोधन प्रस्ताव पारित भएकाले यसवारे माओवादीको मुल प्रस्ताव सदनमा पेश गरिएन् । यसैगरी समानुपातिक निर्वाचन प्रणालीका विषयमा एमालेले आफ्नो प्रस्तावलाइ फिर्ता लिनेछ भने माओवादीको प्रस्ताव वहुमतले पारित हुने निश्चीत भइसकेको छ ।

Read Full Discussion Thread for this article