Posted by: Rahuldai October 16, 2007
Login in to Rate this Post:
0
?
जिन्दगीको हिसाब किताब कहिलेइ मिलेन रिट्ठे, कहिलेइ मिलेन। यता जोड्यो, उता भाग लाग्छ। अन्तमा जम्मा टोटल कूल सधैं माइनस मा। तै पनि काम चोरेकै छु। मानौ काम नगर्दा नगर्दा यस्तो भै सकें कि काम भन्यो कि राम् राम् भन्ने बेला भा जस्तो।
भाग्य फेरि बन्छ कि भनेर यता आएं, भाग्य त के बन्नु, दुर्भाग्यहरु धेरै बने। उतै आनन्द थ्यो। कामै गर्नु पर्दैन। दाम त्यसै आउने। अझ बढी दाम चाहियो भने काम गर्नु पर्थ्यो, इमान बेच्ने काम, अरुलाई दुख दिने काम्, देशलाई छिया छिया पार्ने काम। त्यसैले ११ बर्ष सम्म केही काम गरिन। माम खान धौ धौ हुने गरी जागिर चाहि खाइयो।