Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

गम्भिर ध्यानाकर्षण:

भउत भाइ भन्डारि द्वारा हालै व्यक्त गरिएको केहि बर्ष पहिलाको दशैँको समाचार तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। भउत भाइ भन्डारि द्वारा व्यक्त सम्पुर्ण कथा, पुर्णतया झुठो, कपोलपल्पित, र पुर्वाग्रहि भएको कुरा जानकारि दिलाउन चाहन्छु। हामिले आज सम्म हिसाब गरेमा करिव दुई सय खसि चपाइसकेको र ति सबै दुई सय खसिहरु कुनै खनखनि पैसा गनेरा किनेका, कुनै पाठो देखि हुर्काएका र कुनै आफ्नै आँखा अगाडि खसि पारेका बोकाहरु थिए। हामिले आज सम्म सिङ्गो खसिको त के कुरा मासुको एक टुक्रा सम्म पनि बेसार बाहेकको अरु रंग लगाएर र चोरेर खाएको छैन। हामि सम्पुर्ण चौतारीबासिहरुलाई अनुरोध गर्न चाहन्छौँ कि, कोहि पनि भउतभाइ भन्डारीको अनर्गल प्रचारमा बिश्वास नगर्नुहोस।

धन्यवाद्

बिर्खे माईला

Last edited: 11-Oct-07 02:47 PM
Read Full Discussion Thread for this article