Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हे हे हे तो लप लेटर को सम्बोधन र उपसंहार बाहेक बिचको लइन पढ्दा लप लेटर हो कि, गुनासो हो कि, धम्कि हो थाहा नभएर धम्कि बढेकोले रिप्लाइ गर्न नपा हो-

लु कुरा यस्तो हो-


तिम्लाई हेर्दै साइड द्या थे
तेइ साइडमा अर्कि आइन्
दायाँ तिर यसो के हिन्या थेँ
तेइ साइतमा आँखा झिम्क्याइन्
हेर्नलाई त कस्सम पूर्व तिरै हेरेको हो
घाम जस्ति रैछन उनि हेर्दा हेर्दै पश्चिम भयो
खै म किन त्यस्तो?

मेरो नाकको के कुरा
सम्पुर्ण थुतुनो नै गुलियो छ रे
उनले पनि यसै भन्थिन्
नजिक आउने सबै झिङ्गा धपाउँथिन्
मेरो बोलिको के कुरा
बोल्यो कि मिल चल्या जस्तो हुन्छ
त्यसैले होला उनि घट्टे पोइलाई छाडेर आइन्
खै म किन यस्तो किन?

ठिटिलाई कहाँ घुमाउनु प्रभु
ठिटिले घुमाए नराम्ररी
भुरुङखेल बाट पिछा गरि
लगनखेलमा समातिन्
पैसो छैन भन्दा भन्दै
मिटरवाला टेम्पुमा पछारिन्
बा को पैसा सत्ते चोरेको हैन
उसैले बुलाकि बेचेको पैसो हो
कालो ट्याम्पुमा नगरकोटबाट नफर्कुन्जेल कस्सम
तिम्रो साथि भन्ने थाहा थिएन्
खै कुन्नि म किन तेस्तो?

Read Full Discussion Thread for this article