Posted by: निशान्त July 21, 2007
बिथोलिएका मनहरु
Login in to Rate this Post:     0       ?        
समय बिनाको समय यहि रहेछ समय शायद पल पल मदानि घोटे जस्तो मेरो अस्तित्वलाई घोट्दै अनुभवको नौनी निकाल्ने एउटा कठोर तर अवर्णित् मेरो जीवन घिर्नि घुमाउँदै पल पल अनि क्षण क्षण मेरा सम्पुर्ण परिसर मथ्दै भविश्यको नुनिलो नौनी मेरा आफ्ना हातमा राखिदिने मेरो समय!! म हारेको छु आज तिमी सित म झुकेको छु आज तिमी सित तिम्रो धेरै पहिलेको वास्तविकता देखि नै शायद तिमी म संगै थियौ मेरो पल पल केलाउँदै मेरो हरपल संगाल्दै मलाई अहिलेसम्म, मैले बगाउँदै गरेको नालि बाट कुनै बिशाल गन्हाउने ढलमा मिसाउने एक तिव्र रछ्यानरुपि प्रवाह वाह! मेरो समय केवल तिमी रहेछौ मेरा अहिले सम्मका हरेक याममा मेरा अहिले सम्मका हरेक बहावमा!
Read Full Discussion Thread for this article