Posted by: harigautam1 July 2, 2007
जुलुससहित राजाको अभिनन्दन गर्ने तयारी
Login in to Rate this Post:     0       ?        
संविधानद्वारा निलम्बित राजा ज्ञानेन्द्रलाई उनको जन्मदिनका अवसरमा २३ असारमा अभिनन्दन गर्ने तयारी भइरहेको छ । जनआन्दोलपछि विघटित राजपरिषद्का सदस्य स्वामी प्रपन्नाचार्यको हातबाट राजाले 'नागरिक अभिनन्दन' ग्रहण गर्ने भएका छन् । राजाको जन्मोत्सव मनाउन प्रपन्नाचार्यकै अध्यक्षतामा राजावादीले तीन साताअघि एक हजार ६१ सदस्यीय 'मूल नागरिक समारोह समिति' गठन गरेका छन् । राजा शक्तिमा भएका बेला यस्तै उद्देश्यका लागि दर्जनाै समिति गठन हुने गरेका थिए । ज्ञानेन्द्रको जन्मोत्सव मनाउन २३ असारको बिहान ९ः३० बजे राजावादीहरू रत्नपार्क भेला भएर जुलुससहित ११ बजे नारायणहिटी छिर्ने कार्यक्रम छ । 'कम्तीमा १५ हजार मास जम्मा हुने छन्,' मूल समारोह समितिकी सह-अध्यक्ष रहेकी शाही मन्त्री डा. दुगा पोखरेलले नया पत्रिकासित भनिन् । राजालाई अभिनन्दन गर्न गाउगाउबाट जनता ल्याउने तयारी भइरहेको जानकारी उनले दिइन् । जिल्ला-जिल्लाबाट मान्छे ल्याउन शाही शासनकालमा जिविस तथा नगरपालिकामा मनोनीत पदाधिकारीलाई जिम्मा दिइएको छ । 'जनतालाई काठमाडौं ल्याउने जिम्मा पर्ूव मेयर र अन्य पदाधिकारीलाई दिइसकिएको छ,' पोखरेलले भनिन् । कार्यक्रममा सुरक्षाको व्यवस्था मिलाउन प्रहरीलाई पत्र लेख्ने तयारी भइरहेको पनि उनले बताइन् । पोखरेलका अनुसार ११ बजे दरबारको ढोका खुल्नेबित्तिकै जुलुस दरबारभित्र जानेछ । विभिन्न जातजातिका संस्कृति झल्काउने झा“कीसहितको जुलसका सहभागीलाई राजा ज्ञानेन्द्रले दरबारभित्रै र्'दर्शन भेट' दिने कार्यक्रम छ । sources:nayapatrika www.blogmandu.org
Read Full Discussion Thread for this article